बक्सिङ प्रशिक्षक र निर्णायकको कोरोना बीमा

काठमाडौँ, १९ भदौ । नेपाल बक्सिङ सङ्घले बक्सिङका प्रशिक्षक र निर्णायकहरुको कोरोना बीमा गरेको छ । सङ्घले ३२ प्रशिक्षक तथा २० निर्णायक गरी ५२ जनाको कोरोना बीमा गरेको हो । सङ्घका प्रवक्ता श्याम अवालेका अनुसार सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको बीमा गरिएको अवालेले जानकारी दिनुभयो ।
बक्सिङ सङ्घका अध्यक्ष राम अवालेले बीमापत्र प्रमुख प्रशिक्षक प्रकाश थापामगर र एशियाली खेलकूदका कास्य पदक विजेता एवं सङ्घको प्रविधिक समितिका संयोजक दीपक महर्जनलाई हस्तान्तरण गर्नुभएको छ । यसअघि १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा सहभागी बक्सिङका १६ खेलाडी तथा दुई प्रशिक्षकको कोरोना बीमा बक्सिङ सङ्घका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *