काठमाडौँ, १५ भदौ । कोरोना भाईरस,कोभिड–१९ को महामारी र बिद्यमान् बिषम् परिस्थितिका बाबजुद नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा आज बुढानिलकण्ठ नगरपालिका वडा नं. २ स्थित गणेश उच्च माध्यमिक बिद्यालयको सभाकक्षमा स्वयंसेवी रक्तदाताहरूको एक भेला सम्पन्न भएको छ । रगत र रगतबाट तयार पारिएका तत्वहरू पीडित पक्षलाई सहज र सर्वसुलभ कसरी उपलब्ध गराउन सकिन्छ भन्ने मै केन्द्रीत उक्त भेलाले नेपाल स्वयंसेवी रक्तदाता समाज बुढानिलकण्ठ नगर समिति समेत गठन गरिएको छ । सर्वसम्मत अध्यक्षमा ( मधुसूदन श्रेष्ठ,उपाध्यक्ष (दिपेन्द्र खड्का,सचिब ( नारायण खत्री, कोषाध्यक्ष ( प्रल्हाद खड्का र सदस्यहरू क्रमशः ( अमिश्चन्द्र के.सी,जयराम खड्का, सुरेश भण्डारी,राजेश खड्का,दीपक कार्की, ज्ञानकाजी महर्जन र शिवहरी थापा रहनु भएको नव गठित उक्त कार्य समितिलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो । आजै गठित उक्त कार्य समितिले पर्सि २०७७ भाद्र १३ गते शनिबारका दिन वर्तमान रगतको अभावलाई सम्बोधन तथा नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा रक्तदान गर्नरगराउन गरिएको आह्वानलाई सार्थक तुल्याउन रक्तदान कार्यक्रम सेमेत आयोजना गर्ने नव गठित नेपाल स्वयंसेवी रक्तदाता समाज बुढानिलकण्ठ नगर समितिका अध्यक्ष मधुसूदन श्रेष्ठले जानकारी दिनु भयो ।