अनलक्की नायिकाको छाप मेट्नका लागि बेनिशालाई एक हिट फिल्मको खाँचो


काठमाडौँ, १५ भदौ । एक दशक लामो करिअरमा अभिनेत्री बेनिशा हमालले एक दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छन् । तर, दुर्भाग्य के भने, उनले हिट फिल्मको सुख प्राप्त गर्न सकेकी छैनन् । त्यसैले उनलाई फिल्म क्षेत्रमा ‘अनलक्की नायिका’ भन्ने गरिएको छ । यो छाप मेट्नका लागि पनि उनलाई एक हिट फिल्मको खाँचो छ । अर्पण थापा निर्देशित हरर फिल्म ‘घर’ पछि अभिनेत्री बेनिशाले नयाँ फिल्ममा काम गरेकी छैनन् । लकडाउन हुनुभन्दा अगाडि उनी भारतको मुम्बईमा बसेर फिल्म मेकिङको अध्ययन गरिरहेकी थिइन् । कोरोनाका कारण अध्ययन रोकिएपछि नेपाल फर्किएकी उनी स्थिति सामान्य भएपछि फिल्म ‘झ्यानाकुटी २’ मा काम गर्दैछिन् । यसको अघिल्लो श्रृंखलामा पनि उनी नै थिइन् । यसबीच, उनले मल्टीस्टारर फिल्म ‘हुतुतु’ मा काम गर्न लागेको चर्चा चलेको छ । शनिवार ‘प्रेमगीत’ सिरिजका निर्माता सन्तोष सेनको जन्मदिनमा उनी पनि पुगेकी थिइन् । निर्माता सेनलाई बर्थडे केक खुवाएको तस्विर सार्वजनिक भएपछि बेनिशाले कमेडी फिल्म ‘हुतुतु’ मा काम गर्न लागेको अड्कलबाजी गरिएको छ । यस विषयमा निर्माता सेन भन्छन्, ‘उहाँ साथीसँग मेरो बर्थडे सेलिब्रेसनमा आउनुभएको थियो । फिल्मको बारेमा उहाँसँग कुनै कुरा भएको छैन ।’ छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्ने फिल्ममा हरिवंश आचार्य, प्रदीप खड्का, पल शाह, नाजिर हुसेन, गौरव पहारी, सलोन बस्नेतलगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा एकजना मात्र अभिनेत्री हुने बताइएको छ । स्थिति सामान्य भएपछि फ्लोरमा जाने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्मलाई लिएर सबै कलाकार उत्साहित छन् ।
यसैगरी, कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गएको चैतमा लकडाउन घोषणा गरेपछि फिल्म निर्माण र प्रदर्शन रोकियो । जसले गर्दा कलाकारहरु फुर्सदिला भए । विरलै परिवारसँग घरमा फुर्सदले बस्न पाएका उनीहरुले पाँच महिना लामो लकडाउनमा विभिन्न काम गरेर दैनिकी विताए । कोही भान्सा झिरेर विभिन्न परिकार बनाउन सिके । कतिले भने फिल्म हेरेर दिन काटे । विकल्पहीन शैलीमा गरिएको लकडाउनले आम मानिसको जनजीवन कष्टकर भएपछि सरकारले साउन पहिलो साता लकडाउन अन्त्य ग¥यो । तर, संक्रमितको संख्या बढ्न थालेपछि गएको हप्ताबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू गरिएको छ । लकडाउन खुलेपछि सामान्य जीवनमा फर्किएका कलाकारहरु निषेधाज्ञापछि भने पुनः घरको चारकुनामा नजरबन्द भएका छन् । लकडाउनमाझैँ निषेधाज्ञामा पनि कोही कलाकार भान्सा झिरेर विभिन्न परिकार पकाउन सिकिरहेका छन् । कोही भने फिल्म हेरेर वा पुस्तक पढेर दिन काटिरहेका छन् । अभिनेत्री बेनिशालाई निषेधाज्ञामा किताब साथी भएको छ । उनले शुक्रवार इन्स्टाग्राममा किताब पढिरहेको एक तस्विर शेयर गर्दै आफूले कुन किताब पढिरहेको अनुमान लगाउन आग्रह गरेकी छन् । कोरोना संक्रमण बढ्न थालेपछि घरबाट निस्कन छाडेकी उनी अहिले किताब पढेर दिन काटिरहेकी छन् । कोरोना महामारीभन्दा अगाडि उनी फिल्म मेकिङको विषयमा अध्ययन गर्न मुम्बईमा थिइन् । लकडाउन हुनुभन्दा केही हप्ता अगाडि मात्र नेपाल आएकी उनी स्थिति सामान्य भएपछि ‘झ्यानाकुटी २’ मा काम गर्ने चर्चा छ । यो फिल्ममा उनले सौगात मल्लसँग रोमान्स गर्नेछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *