प्रदेश नं १ मा १०८ सङ्क्रमित थपिए

विराटनगर, ११ भदौ । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १०८ कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमा महिला ३६ र पुरुष ७२ जना छन् । जसमा मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा आठ, पाँचथरमा चार, उदयपुर र खोटाङमा एकएक जना छन् भने प्रदेश बाहिरका छ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपिएका सङ्क्रमितमा पछिल्लो २४ घण्टामा विराटनगरमा ४३ जनामा सङ्क्रमण देखिएको हो । जसमा १३ महिला र ३० पुरुष छन् । पछिल्लो २४ घण्टाको तथ्याङ्कअनुसार मोरङको बुढीगङ्गामा तीन महिला, एक पुरुष र सुन्दरहरैचामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्ला बाहिर सङ्क्रमितमा सुनसरीको इटहरीमा पाँच महिला नौ पुरुष, इनरुवामा एक महिला तीन पुरुष, बर्जुमा एक महिला दुई पुरुष, दुहवीमा दुई पुरुष, धरानमा एक महिला, झापाको दमकमा छ महिला नौ पुरुष र गौरीगञ्जकी एक महिलामा सङ्क्रमण देखिएको हो ।

यस्तै तेह्रथुमको म्याङलुङमा चार महिला चार पुरुष, पाँचथरको फिदिममा चार पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका एक महिला र एक पुरुष तथा प्रदेश बाहिरका एक महिला पाँच पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्ममा यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९४० पुगेको छ भने उपचार भएर घर फर्केकाको सङ्ख्या एक हजार ३८५ पुगेको जनाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा यस प्रदेशमा ८१ जना कोरोनाको सङ्क्रमण मुक्त भएर घर फर्केको बताइएको छ । प्रदेशमा पछिल्लो २४ घण्टाको अवधिमा एक हजार ३५७ जनाको पीसीआर परीक्षण भई हालसम्ममा ८२ हजार १०२ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *