३ जना फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित

काठमाण्डौ, २ भदौ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका फुटबल खेलाडी र सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी कारोना संक्रमण देखिएको छ । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपिएफ) का दुई खेलाडीलाई कारोना संक्रमण भएको छ ।जेठ १९ गते भारतसँगको सिमा नाकामा एपिएफले ८६ खेलाडीलाई खटाएको थियो । ती मध्ये शुक्रबार काठमाडौं फर्केका ८२ सशस्त्रकै दुई क्याम्पमा क्वारेन्टिनमा राखिएको छ । राजधानीमा आएकामध्ये एक खेलाडीलाई कोरोना संक्रमण भएको छ । अर्को खेलाडीलाई भने तराईमै रहँदा कोरोना संक्रमण पुष्टी भएपछि उनी अहिले पनि सोही ठाँउमा रहेको स्रोतले जानकारी दियो ।काठमाडौं फर्कंदा देखि नै ज्वरो आएका कारण शुक्रबार नै ती खेलाडीको पिसिआर परिक्षण गरिएको र आइतबार रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ । अहिले पनि उनी सोही ब्यारेकमा छन् । यद्यपि खेलाडीलाई गरिएको व्यवहार भने सन्तोषजनक नरहेको बुझिएको छ ।
खेलाडीलाई संक्रमण देखिएपछि शुक्रबार फर्केको टोलीलाई आफैं पकाएर खान भनिएको जनाएको छ । ‘विभागकै खेलाडीलाई त यस्तो छि छि गरिन्छ भने समाजमा कोरोना हुनेको हालत के होला ?’ एपिएफनिकट स्रोतले भने, ‘खाना आफैं पकाएर खान भनिएको छ । न खाटको व्यवस्था छ । चिसो भुइंमा सुत्नुपर्ने अवस्था छ । थप बिरामी हुने सम्भावना छ ।’
शुक्रबार फर्केकाहरुको पिसिआर टेष्ट पनि थोरै संख्यामा मात्र हुने गरेको बताइएको छ । आइतबार ८ खेलाडीको मात्र पिसिआर परिक्षण भएको छ । पिसिआर परिक्षण नेगेटिभ आउने खेलाडीलाई भने पठाइने बताइएको उनले बताए ।एक महिनाका लागि भन्दै जेठ १९ गते आफ्ना खेलाडीलार्य सिमा नाका पठाएको थियो । तर, साढें दुई महिनापछि मात्र उनीहरुलाई फर्काइएको थियो । एएिफका खेलाडीले सर्लाही, सिराहा, पर्सा र बाराको सिमामा खटिएका थिए ।यसअघि एपीएफकै अर्का खेलाडीमा संक्रमण देखिएको भएपनि उनी गत महिना नै संक्रमण मुक्त भइसकेका छन् ।

यसैगरी, राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका एक फुटबल खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित रहेको पाइएको छ । क्वारेन्टिनमा बसेका एक खेलाडीमा कोरोना सङ्क्रमण पुष्टि भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता किरण राईले जानकारी दिनुभयो ।
एन्फाले गत सोमबार र मङ्गलबार विश्वकप फुटबल छनोट तथा एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीका ३४ खेलाडी, १२ कर्मचारी र आठ अफिसियलको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गराएको थियो । परीक्षण गराएकामध्ये ५३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको राईले बताउनुभयो ।
एक खेलाडीे पुनः पिसिआर परीक्षण गराउँदा पोजेटिभ आएको उहाँको भनाइ छ । एन्फाले सोमबार ११ खेलाडीसहित २५ को तथा मङ्गलबार २८ जनाको स्वाब परीक्षण गराएको थियो । ती खेलाडीलाई घरमै आइसोलेसनमा राख्ने वा अस्पताल लैजाने भन्नेबारे एन्फाले छलफल गरिरहेको छ । नेपालमा यसअघि एक क्रिकेट खेलाडी तथा स्क्वास खेलका प्रशिक्षकमा कोरोना पुष्टि भएको थियो । फुटबल खेलाडीमा भने पहिलोपटक कोरोना सङ्क्रमण देखिएको हो ।
पाटन अस्पतालमा गरिएको परीक्षणमा फुटबल खेलाडीमा कोरोना देखिएको हो । एन्फाले काठमाडौँ बाहिरबाट आएका ११ खेलाडीलाई क्वारेन्टिन र होटलमा राखेको थियो भने अरूलाई घरमै आइसोलेसनमा बस्न भनेको थियो । बिहीबार उनको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि आज फेरि परीक्षण गर्दा पनि पोजिटिभ नै आएको एन्फाले जनाएको छ ।
यस्तै, कोरोना संक्रमणको दर झनै बढ्न थालेपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो १९औं साधरणसभा अनिश्चितकालका लागि स्थगित गरेको छ । एन्फाले १५ भदौमा साधरणसभा गर्ने जेठको पहिलो साता बसेको बैठकले निर्णय गरेको थियो । एन्फाका प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा कोरोना संक्रमण दर झनै बढ्दै गएको, समुदाय स्तरमा संक्रमणको विस्तार हुन सक्ने उच्च जोखिमसमेत देखिएकाले स्थगित गर्नुपरेको विज्ञप्तिमार्फत जनाएका छन् ।
यसैगरी नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण तथा व्यवस्थापन निकायबाट गोष्ठी, भेला, सम्मेलन, आवगमन जस्ता कार्यहरु निषेध गरेको परिपेक्षमा सतर्कता अपनाउनुपर्ने भएकाले एन्फको साधरणसभा अर्काे सुचना जारी नभएसम्मको लागि स्थगित गरिएको उल्लेख गरेको छ । एन्फाले अब स्थिति अनुकुल भएपछि नयाँ मिति निर्धारण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *