एसइईको नतिजा सार्वजनिक, पुर्नयोग नहुने

 

भक्तपुर, २ भदौ । राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । परीक्षाका लागि चार लाख ८२ हजार ९८६ विद्यार्थीले फारम भरेपनि चार लाख ७२ हजार ७८ विद्यार्थीको नतिजा सार्वजनिक गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए । परीक्षाका लागि फारम भरेका मध्ये १० हजार ९०८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा नआएको उनले जानकारी दिए । नतिजा सार्वजनिक गरेपनि बोर्डले कति विद्यार्थीले कुन जिपिए पाए भन्ने विवरण भने सार्वजनिक गरेको छैन । उक्त विवरण विद्यार्थीले विभिन्न वेभसाईट र एसएमएसबाट थाहा पाउन सक्ने व्यवस्था गरिएको छ । यसवर्षको नतिजा प्रकाशन भएपछि विद्यार्थीलाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको सदस्य सचिव अर्यालले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *