नीता फिल्म निर्माण गर्दै, कोरोनाको अन्त्यपछि फिल्मको छायांकन हुने


काठमाण्डौ, १ भदौ । अभिनेत्री नीता ढुंगानाले फिल्म निर्माण गर्दैछिन । नीताले आफ्नो नाममा खडा गरेको नीता फिल्मस्बाट फिल्म पनि निर्माण गर्दैछिन् । समुन्द्र भट्टले निर्देशन गर्ने फिल्ममा उनको सोलो लगानी रहनेछ । फिल्ममा उनको जोडी कोशिश क्षेत्रीसँग बाँधिनेछ । कोरोनाको अन्त्यपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मको कथा कोशिशले लेखिरहेका छन् ।
नेपाली फिल्मका अभिनेत्रीहरु गायिका बन्ने क्रम जारी छ । रेखा थापा, निरुता सिंह, परमिता आरएल राणा, अनु शाह, प्रियंका कार्की, पूजा शर्मा, छुल्ठिम गुरुङलगायतले गीतमा आवाज भरेर गायिकाको परिचय पनि बनाइसकेका छन् । तर, अभिनेत्रीहरुको गायन कलालाई दर्शक–स्रोताले भने खासै रुचाएको पाइएको छैन । न त उनीहरुले गायनलाई निरन्तरता नै दिन सकेका छन् ।
यसैबीच, अर्की एक अभिनेत्री गायिका बनेकी छन् । बाल्यकालदेखि नै फिल्म अभिनयमा सक्रिय रहेकी नीता ढुंगानाले केही दिन अगाडि आफ्नो स्वरमा गणेश भजन ‘वक्रतुण्ड महाकाय’ रेकर्ड गराएकी छन् । नीताले आफ्नो प्रोडक्सन हाउस नीता फिल्मस्बाट भजनको भिडियो पनि निर्माण गरेकी छन् । शनिवार राजधानीको एक गणेश मन्दिरमा भिडियोको छायांकन भइरहेको छ ।
आफूले गाएको भजनको भिडियोमा उनी स्वयं देखिने छिन् । नेपाली फिल्म क्षेत्रमा स्वच्छ छवि बनाएकी नीता अभिनयमा उम्दा मानिन्छिन् । तर, उनको प्रमुख भूमिका रहेका प्रायः फिल्मले निर्मातालाई मुनाफा दिलाउन सकेका छैनन् । तथापि, फिल्मको असफलताले उनको करिअरमा भने खासै ठूलो असर पारेको छैन । लगातार फिल्ममा काम गर्दै आइरहेकी उनको अहिले युवा ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग नाम जोडिएको छ ।
यसैगरी, चकलेटी अभिनेता जीवन लुईंटेल कवि पनि हुन् । फिल्म अभिनयमा सक्रिय रहँदा उनले ‘नायक’ शिर्षकको कविताको पुस्तक प्रकाशन गरेका थिए । बाल्यकालदेखि नै साहित्यमा रुची भएका उनी सामाजिक सञ्जालमा आफूले सिर्जना गरेका कविताका हरफहरु पोस्ट गरिरहेका हुन्छन् । आफैंले वाचन गरेको कविताको भिडियोमा पनि उनले सार्वजनिक गर्ने गरेका छन् । केही वर्षयता परिवारसहित अमेरिकामा बस्दै आएका उनले शनिवार फेसबुकमा एक स्टाटस पोस्ट्याएका छन्, जसमा उनले अब आफू मुटुसँग हड्ताल गर्ने उल्लेख गरेका छन् । ‘हो, तपाईं सही हुनुहुन्छ निश्चित रूपमा मैले आफ्नो दिमाग गुमाएको छु । मलाई फेरि छाड्ने प्रयास नगर्नु किनकि मैले आफ्नो दिमाग बन्द गरिसकेको छु र आफ्नो मुख बन्द गरेको छु,’ उनले लेखेका छन् । जीवनले अब आफू मुटुसँग हड्ताल गर्ने भन्दै अगाडि लेखेका छन्, ‘हो म पागल हो पागल, चाहे कुकुर सम्झ चाहे मान्छे ।’ उनको यो साहित्यिक शैलीको स्टाटसले कसैप्रति प्रेम आसक्ति व्यक्त गर्छ । उनको अभिनयसँगै साहित्यिक सिर्जनालाई पनि दर्शकहरुले रुचाउने गरेका छन् । उनले केही समयअघि अभिनेता राजेश हमाललाई समर्पित गरेर एक कविता पनि वाचन गरेका थिए । ‘तिर्खा’ बाट अभिनय करिअर सुरु गरेका जीवनले फिल्म ‘नसिब आफ्नो’ बाट लिड अभिनेताको रुपमा ब्रेक पाएका थिए । तर, उनलाई विकासराज आचार्य निर्देशित ‘नाईं नभन्नू ल’ बाट सफलता मिलेको थियो । एक समय लभस्टोरी फिल्ममा निकै रुचाइएका जीवनले तीन दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेका छन् । तर, अमेरिका पलायन भएपछि उनी काँचको पर्दाबाट टाढा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *