(एजेन्सी) काठमाण्डौ, ३२ साउन । १०० मिलियनभन्दा बढी कमाई गर्ने खेलाडी मेस्सी र रोनाल्डोमात्रै रहेका छन् । मेस्सीले २०१९ मा १२० मिलियन पाउन्ड कमाई गरेका छन् ।रोनाल्डोले १०९ मिलियन पाउन्ड कमाएका छन् । मेस्सीले रोनाल्डोको भन्दा ११ मिलियन बढी कमाए । अर्जेन्टिना तथा क्याटलान क्लब बार्सिलोनाका लियोनेल मेस्सी फुटबलबाट सर्वाधिक धनी खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका छन् ।फ्रान्स फुटबलले निकालेको तथ्यांकअनुसार मेस्सीले पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै यो सिजन सर्वाधिक धनी खेलाडीको शीर्षस्थानमा उभिएका हुन् । उनीहरुले आफ्नो पारिश्रमिक, बोनस, विज्ञापन लगायत अन्य माध्यमबाट कमाई गरेका हुन् ।ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार ८७ मिलियन कमाइसहित तेस्रो स्थानमा रहेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका ग्यारेथ बेल ३५.४५ मिलियनसहित चौथो स्थानमा रहेका छन् ।बार्सिलोनाका एन्टोइन ग्रिजमन ३५.२५ मिलियनसहित पाँचौ स्थानमा अटाउँदा बेल्जियन तथा रियल म्याड्रिडका इडेन हाजार्ड ३२.०६ मिलियन पाउन्डसहित छैटौं स्थानमा छन् ।क्याटलान क्लब बार्सिलोनाका पुर्व मिडफिल्डर तथा जापनिज क्लब भिसेल कोवीका आन्द्रेस इनिस्टा सातौं स्थानमा अटाउँदा इंग्लिस क्लब म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ ३०.९६ मिलियनसहित आठौं स्थानमा छन् ।जर्मन क्बल बायर्न म्युनिखका रोवर्ट लेवान्डोस्की २६.५६ मिलियन पाउन्डसहित नवौं स्थानमा रहँदा फ्रान्स तथा पीएसजीका युवा स्टार केलियन एमबाप्पे २४.७३ मिलियन पाउन्डसहित शीर्ष १० भित्र अटाएका छन् ।
यसैगरी, फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली फरवार्ड नेयमारले एकै खेलमा धेरै ड्रिब्लिङ गर्ने बार्सिलोनाका लियोनल मेस्सीको कीर्तिमालाई बराबरी गरेका छन् । नेयमारले च्याम्पियन्स लिगको एटलान्टाविरुद्धको क्वाटरफाइनल खेलमा १६ ड्रिब्लिङ गर्दै मेस्सीले १२ वर्षअघि राखेको कीर्तिमानलाई बराबरी गरेका हुन् । मेस्सीले २००८ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडविरुद्धको खेलमा १६ ड्रिब्लिङ गर्दै यो कीर्तिमान बनाएका थिए ।
एटलान्टाबिरुद्धको खेलमा नेयमारले ११३ पटक बल टच गर्दा ४४ वटा पास पुरा गरेका थिए । जसमा २२ पास अग्रपङ्तिमा तथा बाँकी तेस्रो जोनमा गरो थिए । यो बीचमा नेयमारले ९ फल जित्दा पाँचपटकको गोलको लागि मौका सिर्जना गरेका थिए । खेलमा नेयमारले आधा दर्जन गोलको अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । तर, पीएसजीले खेलको अन्तिम समयतिर तीन मिनेटको अन्तरमा दुई गोल गर्दा नेयमारको दुवै गोलमा संलग्नता थियो । नेयमार खेलमा म्यान अफ द म्याच समेत बनेका थिए । पेनाल्टी बक्सभित्रको नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले वान टचमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । इन्ज्युरी समयको दोस्रो मिनेटमा नेयमारको पासमा केलियन एमबाप्पेले अफसाइड बिट ट्रयाप गर्दै दिएको पासलाई चुपो मोटिङले गोल गर्दै पीएसजीलाई २–१ को जित दिलाउँदै सेमिफाइनलमा पु¥याए ।
बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजी २–१ ले विजयी रहयो । मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी विजयी रहो ।
खेलको तेस्रो मिनेटमा नै नेयमारले पीएसजीलाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फाले । मैदानको मध्य भागबाट एक्लै बल अगाडी बढाएका नेयमारले वन भर्सेस वनको स्थितिमा गरेको प्रहार पोस्टभन्दा निकै टाढाबाट बाहिरिएको थियो । ११ औं मिनेटमा कप्तान पापु गोमेजको क्रसमा हान्स हाटेबोरको हेडरलाई गोलरक्षक केलर नाभासले डाइभ दिँदै एक हातले बचाए । खेलको १९ औं मिनेटमा पीएसजीले काउन्टर अट्याकमा अगाडि बढाएको मुभमा नेयमारको पास माउरो इकार्डीले बुझ्न नसक्दा फ्रान्सेली टोलीले अग्रता लिने अर्को अवसर गुमायो । नेयमारले तीव्र गतिमा बल अगाडि बढाउने क्रममा डिफेन्स लाइन बिट गर्दै दिएको पासलाई इकार्डीले पेनाल्टी क्षेत्रभित्रै रहेपनि बलसम्म पुग्ने प्रयास गरेनन् ।
खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोलमा एटलान्टाले अग्रता लियो । पीएसजीको डिफेन्सले सामान्य क्लियरेन्स गर्न नसक्दा पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका पासालिचले गोलरक्षक नाभासलाई उक्त प्रहार बचाउने कुनै अवसर दिएनन् । लगत्तै अर्कोतर्फ नेयमारले उत्कृष्ट मुभ बनाउँदै तीन डिफेन्डरलाई छलाएर पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो ।