नेविसंघद्वारा क्याम्पसमा ताला


काठमाडौँ, ३२ साउन । नेविसंघका सात जना विद्यार्थीलाई झुटा मुद्दा लगाएको भन्दै नेपाल विद्यार्थी संघले काठमाडौं उपत्यकाभित्र रहेका सरकारी क्याम्पसमा ताला लगाएको छ । त्रिचन्द्र, आरआर, पाटन, शंकरदेव, सानोठिमीलगायत क्याम्पसमा शुक्रबार तालाबन्दी गरिएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए । नेपाल विद्यार्थी सङ्घले काठमाडौँ र वीरगञ्जमा गिरफ्तार परेका विद्यार्थीको रिहाइको माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले शुुक्रबार विज्ञप्ति जारी गरी विभिन्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा रहेका विद्यार्थीलाई प्रहरीले गिरफ्तार गरेको भन्दै ती विद्यार्थीलाई विनाशर्त रिहाइ गर्न माग गरेका छन । वीरगञ्जमा स्वास्थ्य संस्थाले नियमित स्वास्थ्य सेवा प्रदान गर्न, कोरोना सङ्क्रमणबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका विद्यार्थी साथै साउन २७ मा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षसँग विभिन्न माग राख्न जाँदा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थीलाई तत्काल रिहाई गर्नुपर्छ, अध्यक्ष ढुङ्गानाले भने । आम विद्यार्थीको भविष्यलाई मध्यनजर गरी नेविसङ्घले वैकल्पिक विधिबाट पठनपाठन र परिक्षा सञ्चालन गर्न माग गर्दा प्रहरीले धडपकड गरेको नेविसङ्घले जनाएको छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले विद्यार्थीले आफ्ना जायज माग राखेर शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाउनु दुःखद कुरा भएको बताए । नेविसङ्घले आन्दोलनका क्रममा प्रहरीको गिरफ्तारमा परेका विद्यार्थी नेता श्यामराज ओझा, सम्झना खत्री, हरि जोशी, विष्णु पौडेल, गणेश थानी, रमेश कँुवर, सञ्जय चौधरीलगायत तत्काल रिहाइ गर्नुपर्ने बताएको छ । महामन्त्री भट्टराईले आफ्ना जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाउने त्रिविका उपकुलपतिलाई हामी छाड्ने छैनौं,’ भट्टराईले भनेका छन्, ‘केहि प्रहरी अधिकारीहरूले नियतवश विद्यार्थीहरूलाई दुस्ख दिने काम गरिरहेका छन् । यसको हिसाव नेविसंघले राखेको छ ।’नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाका अनुसार हिरासतमा रहेका नेविसंघ नेताको रिहाइको माग गर्दै क्याम्पसहरूमा तालाबन्दी गरिएको हो । ‘काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका नेताहरू तुरून्त रिहाइ हुनुपर्छ,’ उनले भने, ‘झुटा मुद्दा खारेज गर्नुपर्छ । त्रिविमा राजनीतिक भागबन्डा अन्त्य गर्न पनि उनले माग गरेका छन् । पोखरालगायत अरू विश्वविद्यालयमा रिक्त रहेको पदाधिकारी तुरून्तै नियुक्त गर्न महामन्त्री तिमिल्सिनाले माग गरेका छन् । नेविसंघ अध्यक्ष राजिव ढुंगानाले शुक्रबार विज्ञप्ति निकालेर पक्राउ परेका नेविसंघ नेतालाई रिहाइ गर्न माग गरेका छन ्। ‘काठमाडौं र वीरगञ्जमा पक्राउ परेका नेताहरूलाई तुरून्तै रिहाइ गर्नुपर्छ। झुटा मुद्दाको सहाराले फसाउन खोजिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं,’ उनले भनेका छन । त्रिविमा नेविसंघले उपकुलपति कार्यालयसहित कार्यालयहरूमा तोडफोड गरेको आरोपमा सात जना पक्राउ परेका हुन् । यस्तै वीरगञ्जमा प्रमुख जिल्ला अधिकारीकहाँ ज्ञापन पत्र बुझाउन जाँदै गरेकालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *