बन्द अस्पताल सञ्चालन गर्न माग

 

काठमाडौँ, ३१ साउन । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको बिरामी बढ्दै गएकाले बन्द अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ । काठमाडौँ महानगरपालिका वडा नं १६ ले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि हाल बन्द रहेको जनमैत्री अस्पताल सञ्चालनमा ल्याउनुपर्ने भन्दै सम्बन्ध भएका निकायसँग माग गरेको हो ।वडाले विज्ञप्ति जारी गर्दै अस्पताल सञ्चालनको माग गरेको हो । कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई न्यूनीकरण र व्यवस्थापनका लागि सहयोग गरिदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायत सबै सम्बद्ध निकायसँग वडा कार्यालयले आग्रह गरिएको वडाध्यक्ष मुकुन्द रिजालले बताउनुभयो ।कामपाका प्रवक्ता ईश्वरमान डङ्गोल आइसोलेसन निर्माणका विषयमा केन्द्र सरकारले चासो देखाउनुपर्ने बताउनुहुन्छ । नगर प्रमुख विद्यासुन्दर शाक्यलगायत उपत्यका नगरपालिका फोरमले भने उपत्यकाको सबै नाकाबाट नागरिकको आवतजावत बन्द गर्नुपर्ने धारणा मुख्य रूपमा अघि सार्नुभएको छ । अहिले काठमाडौँ उपत्यकामा मात्रै करीब एक हजार ५०० को हाराहारीमा सङ्क्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *