नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीको स्वाब संकलन

काठमाण्डौ, २९ साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको छ । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको दोस्रो चरणको अन्तिम तीन खेलको लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सबै ३४ खेलाडीसहित ५४ जनाको स्वाब संकलन गरिएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको तथा मंगलबार २३ खेलाडी, ६ अफिसियलको कोरोना परिक्षण गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । सोमबार उपत्यका बाहिरबाट आएका खेलाडीको कोरोना परिक्षण गरिदा मंगलबार उपत्यका भित्र रहेका २५ खेलाडीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगनखेलमा स्वाव संकलन गरिएको हो ।कोरोना नेगेटिभ देखिए खेलाडीलाई एन्फाको होस्टेलमा राखिने छ । प्रशिक्षण दौरान उनीहरुले एन्फा होस्टेल छाड्न पाइनेछैन । एन्फाले प्रशिक्षणका लागि विभिन्न १७ प्रोटोकल बनाएको छ । एन्फाले १ भदौबाट राष्ट्रिय टोलीको प्रशिक्षण थाल्ने योजना बनाएको छ ।
मंगलबार तेज तामाङ, बिकेश कुथु, आशिष लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङदेम्वे, बिक्रम लामा, अमित तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुभास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, बिकास खवास, जर्ज प्रिन्स कार्की र सुजल श्रेष्ठको स्वाव संकलन गरिएको हो । यस्तै मधुसुदन उपाध्यय (टिम म्यानेजर), कृष्ण भक्त मानन्धर (अफिसियल), बिकास मल्ल (गोलकिपर प्रशिक्षक), विवेक सुवेदी (मिडिया), युजल श्रेष्ठ (मिडिया), र राजु डंगोल (डक्टर) पनि स्वाव संकलन गरिएको हो ।एन्फाले सुरुवातमा १० देखि १२ जना सम्मको समूहमा राखेर खेलाडीलाई प्रशिक्षणमा सहभागी गराउने तयारी गरेको छ । त्यसपछि चरणवद्ध रुपमा पूर्ण प्रशिक्षण संचालन हुनेछ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा ८ अक्टोबरमा चाइनिज ताइपेइ, १३ अक्टोबरमा अष्ट्रेलिया तथा १३ नोभेम्बरमा जोर्डनसँग खेल्ने तालिका छ ।
यसैगरी, जापानको टोकियोमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको तयारीमा रहेको नेपाली करातेको टोलीको प्रशिक्षण स्थगित भएको छ । करातेका प्रशिक्षक दीपक श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै एक साताको लागि प्रशिक्षण स्थगित गरिएको जानकारी गराएका छन् । संसारभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को कारण काठमाडौं पनि पछिल्लो समय भयाभह हुदे संक्रमितको संख्या वृद्धि हुर्दै गइरहेको सन्दर्भमा खेल क्षेत्रमा पनि कोरोना संक्रमण देखिएका कारण तत्काललाई प्रशिक्षण रोकिएको विज्ञप्तिमा उल्लेख छ ।केही समय खेलक्षेत्र मात्र नभई सबै नागरिक सचेत रहनुपर्ने अवस्थाले गर्दा र नेपाल सरकारको निर्देशनलाई समेत पालना गर्दै सातदोबाटो कराते एकेडेमीमा प्रशिक्षणरत टोकियो ओलम्पिक तयारीमा रहेका कराते खेलाडीहरुको प्रशिक्षण बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । खेलाडीहरु नेपाल सरकारले घोषणा गरेको चैत्र ११ को लकडाउन भन्दा अघिदेखि प्रशिक्षणमा थिए । त्यसपछि असार ७ बाट सम्बन्धित सबैलाई जानकारी र मौखिक स्वीकृति लिई प्रशिक्षण सुरु भएको थियो । प्रशिक्षणमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी अनु अधिकारी र नवीन रसाइलीसहित अन्य खेलाडीहरु सामेल थिए । टोकियो ओलम्पिक अर्काे वर्ष २३ जुलाईदेखि ८ अगस्टसम्म हुने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *