नेविसंघका ७ कार्यकर्तालाई पक्राउ

 

काठमाडौं, २८ साउन । प्रहरीले नेविसंघका ७ कार्यकर्तालाई पक्राउ गरेको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो । मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालय तथा शिक्षा शास्त्र संकायको विभागीय प्रमुखको कार्यालयमा नेविसंघ कार्यकर्ताले तोडफोड गरेका थिए । नेविसंघ केन्द्रीय समितिका अनुसार सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर पक्राउ परेका छन् । महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् । मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् । नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले उपकुलपति र रजिस्टारको कार्यालयमा विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताए । ‘परीक्षाको विकल्प दिनुप¥यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उपकुलपति र रजिस्टारले हामी विकल्प दिन सक्दैनौं भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *