सडकमा फोहरको डङगुर

 

काठमाडौंँ, २३ साउन । पर्यटकको मुख्य आकर्षकको केन्द्र मानिने ठमेल क्षेत्रका सडकमा फोहरका डङगुर छन् । वर्षातको समय र फोहर व्यवस्थापन गर्ने निजी कम्पनी सक्रिय नभएका कारण काठमाडौँ महानगरपालिकाका केही स्थानमा नियमित फोहर सङ्कलन हुन सकेको छैन । कामपा वातावरण विभागका प्रमुख हरिकुमर श्रेष्ठका अनुसार फोहर सङ्कलन गर्ने निजी कम्पनी कोरोनाको कारण सबै काममा नआएकाले फोहर व्यवस्थापनमा केही समस्या आएको हो । व्यवस्थापन हुन नसकेको केही स्थानका फोहर पनि केही दिनभित्र उठाइसक्ने पनि प्रमुख श्रेष्ठको भनाइ छ । हाल महानगर काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर ६० प्रतिशत निजी कम्पनीले र ४० प्रतिशत कामपाले व्यवस्थापन गर्दै आएको छ । उपत्यकाको १८ स्थानीय तहको फोहर विगत १३ वर्षदेखि नुवाकोटको सिसडोलमा व्यवस्थपन हँुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *