बिशेष रक्तदान कार्यक्रम सम्पन्न


काठमाडौं, १८ साउन । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको बिशेष उपस्थितिमा कागेश्वरी नगरपालिका स्थित गोठाटार,मनोहरा वडा नं. ७ मा क्रमशः संगम हातेमालो समाज,लायन्स क्लब अफ लर्ड बुध्द र जेष्ट आईडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त र ललितपुर महानगरपालिका स्थित पाटन दरवार स्क्वायर मंगलबजारमा रिलायन्स फाईनान्स लमिटेड र लायन्स क्लब अफ काठमाडौं युनाईटेड सेन्ट्रलको संयुक्त आयोजनामा दुई छुट्टाछुट्टै स्थानमा बिशेष रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ ।
कागेश्वरी नगरपालिका वडा नं. ७ गोठाटार,मनोहरामा आयोजित रक्तदान कार्यक्रममा कागेश्वरी नगरपालिकाका प्रमुख कृष्णहरि थापा, कागेश्वरी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष जीवन थापा, लायन्स क्लब अफ काठमाडौं लर्ड बुध्दका लायन लक्ष्मी प्रसाद कट्टेल, संगम हातेमालो समाजका अध्यक्ष अमृत बुढाथोकी, जेष्ट आईडोलोजी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कार्यकारी सञ्चालक हेमबहादुर कार्की र ःव्ँ लायन मनबहादुर रोका समेतको उपस्थिति रहेको उक्त कार्यक्रमको सल्लाहकार एवं संयोजन स्वयंसेवी रक्तदाता शैलेन्द्र रायमाझीले गर्नु भएको थियो । बिशेष उपस्थिति जनाउनुहुने नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई खादा ओढाई सम्मान प्रदान गरिएको रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवम् स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रमाण(पत्र समेत बितरण गर्नुभएको थियो ।
त्यसैगरी ललितपुर मंगलबजारमा आयोजित रक्तदान कार्यक्रममा लायन क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रलका अध्यक्ष बिद्यालक्ष्मी गुभाजु,रिलायन्स रफाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र नेपाल स्वयंसेवी रक्तदाता समाजका महालक्ष्मी नगरपालिका वडा नं. ६ समितिका अध्यक्ष दशबहादुर महर्जनको उपस्थिति रहेको सो रक्तदान कार्यक्रमको सभापतित्व रिलायन्स फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले गर्नुभएको थियोे । कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा प्रशंसा(पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा जम्मा ५० जनाले रक्तदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *