अफर आए म काम गर्न तयार छु ः विपना

काठमाडौँ, १२ साउन । नायिका बन्ने रहरले मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी सुर्खेतकी बिपना चुनारा अब आफु नायिकाको रुपमा स्थापित हुन आफु अब्बल रहेको बताउँछिन । फिल्म क्षेत्रमा स्थापित हुनको लागि मोडल चुनरा धेरै नै मेहनत गरेको देखिन्छ । सुर्खेतको एक गाउँबाट आफ्नो रङ्गिन भविष्यको सपना देख्दै आएकी चुनरा अन्तत आफ्नो सपनाको संसारको नजिकै आइपुगेकी छिन् । नायिका बन्ने रहर मनमा जाग्दा के यो मेरो सपना पुरा हुन्छ होला त भनेर चुनरा सोच्थिइन् । के यो सम्भव होला त जस्तो लाग्थ्यो चुनरालाई । तर आज चुनरा भन्छिन यदि मैले सपना नै नदेखेको भए आज यो ठाउँमा आइपुग्ने थिइन् । चुनराको रंगिन संसारको यात्रा मोडलिङ बाट सुरु गरेकी थिइन् । मोडल विपना चुनरा नृत्य तथा अभिनयमा अब्बल छिन् । उनी मेहेनतमा धेरै विश्वास गर्छिन् । उनी भन्छिन अब फिल्म तथा म्यूजिक भिडियोमा काम गर्न म अब्बल छु । मलाई अफर आए म काम गर्न तयार छु । चलचित्र क्षेत्रमा आफु रम्ने र यही क्षेत्रमा नै जम्ने कुरामा उनी विश्वस्त छिन् । उनी चलचित्र क्षेत्रमा नै आफुलाई स्थापित गर्न चाहन्छिन् ।
काठमाडौँलाइ कर्मथलो बनाएर बिगत २ बर्ष देखि ब्यबसायिक मोडलको रुपमा आफुलाई निखार्दै आएकी छिन । मोडल र नायिकामा हुनुपर्ने गुणले भरिपूर्ण चुनरा केहि म्युजिक भिडियोमा अभिनय गरि सकेकी छिन् । बिपनाले टेलिसिरियलहरुमा समेत अभिनय गरिसकेकी छिन । मोडल चुनारा चलचित्र क्षेत्रबाटै आफ्नो छुट्टै पहिचान बनाउन चाहन्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *