अभिनेत्रीहरु नीता, बेनिशा र शुभेक्षाको प्रेम सम्बन्ध सार्वजनिक

काठमाडौँ, ९ साउन । अभिनेत्री नीता ढुंगाना, बेनिशा हमाल र शुभेक्षा खड्काको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । सार्वजनिक व्यक्ति, विशेषगरि सेलिब्रेटीको निजी जीवनको बारेमा चासो राख्नेहरु धेरै हुन्छन् । उनीहरुको लवाइ, खवाइदेखि नितान्त व्यक्तिगत जीवनको विषयमा पनि सबैको चासो रहेको हुन्छ । यसैकारण पब्लिक फिगर (कलाकार) को हरेक एक कुरा सञ्चारमाध्यमका हेडलाइन बन्ने गर्दछन् । उनीहरुको बारेमा दर्शकहरुले सबैभन्दा बढी चासो राख्ने ‘लभ लाइफ’ पनि एक हो । नेपाली फिल्म दुनियाँमा प्रेम र ब्रेकअपलाई सामान्य रुपमा लिइन्छ । हप्ता वा महिनैपिच्छे सेलिब्रेटीका यी कुराहरु मिडियाका लागि मसला बनिरहेका हुन्छन् । अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारी प्रेमको गहिराइमा डुबेको चर्चा चलिरहँदा अर्की एक अभिनेत्रीको प्रेम सम्बन्ध सार्वजनिक भएको छ । उनी हुन्, ‘रणवीर’ फेम्ड अभिनेत्री शुभेक्षा खड्का ।
बुधवार साँझ आफ्नो आधिकारिक इन्स्टाग्राम एकाउन्टमा प्रेमीको अंगालोमा कसिएको एक तस्विर साझेदार गर्दै उनले प्रेम सम्बन्धको खुलासा गरेकी हुन् । उनका प्रेमीको नाम अनुप सापकोटा हो । उनी पनि फिल्म क्षेत्रसँग नजिक छन् । उनले इन्स्टामा आफ्नो परिचय फिल्ममेकरको रुपमा दिएका छन् । उनी भिडियो सम्पादक, ग्राफिक डिजाइनर र लेखक पनि हुन् । अनुपले शुभेक्षासँगका कयैन् रोमान्टिक तस्विर आफ्नो इन्स्टामा पोस्ट्याएका छन् । उनले २०१८ नोभेम्बर ४ मा शुभेक्षाको एक तस्विर साझेदार गर्दै लेखेका छन्, ‘गोप्य मुस्कान । उनी मेरो लागि मात्र प्रयोग गर्छिन् ।’ अनुपको इन्स्टा पोस्ट हेर्दा उनीहरु सन् २०१७ देखि एकअर्काको प्रेममा रहेको बुझिन्छ । शुभेक्षाले फिल्म ‘रणवीर’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् ।

यसैगरी,अभिनेत्री बेनिशा हमाल अहिले उनि प्रेम सम्बन्धका कारण चर्चामा छिन । एक दशक लामो फिल्म करिअरमा आधा दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी उनी पछिल्लो समय ‘कबड्डी’ निर्माता रौनक विक्रम कँडेलसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । तर, यस विषयमा उनले कुनै जानकारी दिएकी छैनन् । बेनिशाले फिल्ममा काम नगरेको एक वर्षभन्दा बढी भएको छ । अभिनेत्री बेनिशा हमाल भने कामविहीन भएको लकडाउन हुनुभन्दा धेरै अगाडिदेखि हो । उनले फिल्ममा काम नगरेको एक वर्षभन्दा बढी भइसकेको छ । उनी अभिनीत पछिल्लो रिलिज फिल्म ‘घर’ हो, जुन गत वर्षको असारमा प्रदर्शन भएको थियो । यो फिल्मपछि उनले कुनै फिल्म साइन गरेको जानकारी प्राप्त छैन । न त कुनै फिल्मबाट अफर भएको खबर नै बाहिरिएको छ । भारतको मुम्बईमा बसेर फिल्म मेकिङ पढिरहेकी उनी लकडाउन हुनुभन्दा केही दिन अगाडि मात्र नेपाल आएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *