महाकाली अस्पताललाई सहयोग

 

कञ्चनपुर, १८ जेठ (रासस) । भीमदत्त नगरपालिकाले महाकाली अस्पतालको पूर्वाधार, उपकरण तथा सामाजिक सेवा सुधारका लागि रु १० लाख सहयोग गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नूरहरिप्रसाद खतिवडाको उपस्थितिमा नगरप्रमुख सुरेन्द्र विष्टले अस्पताल विकास समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा हरिकुमार श्रेष्ठलाई सो रकमको चेक आज हस्तान्तरण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *