स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२अाैं पटककाे रक्तदान

काठमाडौँ, १६ जेठ  । स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १६२अाैं पटककाे रक्तदान गर्ने शु-अवसरमा का.म.पा. – २८ वडा स्थित ड्रिमल्याण्ड पब्लिक हाई स्कूलबाट आफ्नो सामाजिक कृयाकलाप अन्तर्गत अाज एक बिशेष रक्तदान कार्यक्रमकाे अायाेजना गरियाे ।
स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई केन्द्रीय रक्त सञ्चार सेवाकी निर्देशक डा. मनिता राजकर्णिकारले रक्त संकलन थैली प्रदान गरि शुभारम्भ गर्नुभएकाे उक्त कार्यक्रममा का.म.पा. – २८ वडाध्यक्ष भाइराम खड्गी”प्रकाश” ले अभिनन्दन-पत्र प्रदान गरि सार्वजनिक  अभिनन्दन समेत गरिएकाे साे कार्यक्रममा “लकडाउन” का बाबजुद पनि  महिला तथा पुरूष गरि ५० जनाले रक्तदान गर्नुभएकाे थियाे ।
बिद्यालयका प्रधानाध्यापक सूर्य राईकाे सभापतित्वमा सम्पन्न साे कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेवीका २८ वडाले हाल बिश्वब्यापी महामारीको रूपमा फैलंदै गरेकाे काेराेना भाईरस,काेभिड -१९ लाई निर्मूल पार्न स्थानीय स्तरमा जनचेतना फैलाउन ब्यबहारिक रूपमा प्रत्येक सहभागीहरूकाे ज्वराे मापन,स्यानेटाईजरद्वारा हातलाई सेनेटाईज्ड गर्न लगाउनुकाे साथै रक्तदान गर्नुहुने सबै रक्तदाताहरूलाई एक थान पञ्जा,एउटा सेनेटाईजर, मास्क र साबुन एक एक थान उपलब्ध गराई बितरण गरिएकाे थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *