कोरोना भाइरस जित्दै, घर फर्किँदै

राँझा, १६ जेठ (रासस) । बाँकेका २७ सङक्रमित कोरोना भाइरसलाई पराजित गरी घर फर्किनु भएको छ । दाङको बेलझुण्डी अस्पतालमा उपचार गराइरहनुभएका नरैनापुर गाउँपालिकाका तीन जना निको हुनुभएको छ । उक्त अस्पतालमा उपचार गराइरहेका नरैनापुरका आठमध्ये वडा नं. १,३ र ५ निवासी १८,२५, र २० वर्षीय तीन जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि नेपालगञ्जका २१ जनाले खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालबाट एकसाथ कोरोना पराजित गर्नुभएको थियो । त्यसपछि नेपालगञ्ज वडा नं ८ मा थप तीन जना उक्त अस्पतालबाट निको भई घर फर्किसक्नु भएको छ । बाँकेमा एकको ज्यान जानेगरी १७१ मा कोरोना सङ्क्रमण फैलिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये छमा कोरोनाका सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालगञ्जबाट शुरु भएको सङ्क्रमणको क्रम नरैनापुर, खजुरा, राप्तीसोनारी, डुडुवा हुँदै बैजनाथ गाउँपालिकासम्म फैलिएको छ । नरैनापुर गाउँपालिका कोरोना सङ्क्रमणको केन्द्रविन्दु बन्न पुगेको छ । नरैनापुरमा मात्र एक जनाको ज्यान जाने गरी ११३ मा कोरोना सङ्क्रमण फैलिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा २७, खजुरा गाउँपालिकामा तीन, डुडुवा गाउँपालिकामा आठ, राप्तीसोनारी गाउँपालिकामा १३ र बैजनाथ गाउँपालिकामा सात कोरोना सङ्क्रमित भेटिएका छन् । अन्य सङ्क्रमितको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पताल, लायन्स डेन्टल अस्पताल नेपालगञ्ज, कृषि विकास बैङ्कको कोहलपुरस्थित तालीम केन्द्रमा रहेको आइसोलेशन केन्द्र, खजुराखुद्र्धस्थित कृषि तालीम केन्द्र बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा रहेका आइसोलेशन केन्द्रमा उपचार भइहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *