प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ४९६

 

जनकपुरधाम, १६ जेठ (रासस) । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्ररुपमा बढ्दै ४९६ पुगेको छ । पछिल्लो चौबीस घण्टामा ९६ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभएको हो ।नयाँ सङ्क्रमितमा सप्तरीको राजविराज नगरपालिकामा पाँच, धनुषाको खजुरास्थित क्वारेन्टिनमा रहेकी एक ५० वर्षीया महिला, सर्लाहीको कोडैना गाउँपालिकास्थित क्वारेन्टिनका दुई पुरुष, मलङ्गवाकी एक महिलासहित दुई गरी सर्लाहीबाट चार जना थपिएका छन् ।
त्यस्तै, रौतहटको राजपुर नगरपालिकाको फरहदवास्थित क्वारेन्टाइनको ५० जना, बोधीमाइ नगरपालिकाको सरमझुवा क्वारेन्टाइनका दुई जना, मौलापुरको छ जना र इशनाथ नगरपालिकाको डुमरिया माविस्थित क्वारेन्टाइनको दुई महिलासहित १५ गरी रौतहटबाट ७३ जना, बाराको पचरौटा गाउँपालिकाको चार जना, पर्साको जिराभवानी गाउँपालिकाबाट एक र पोखरिया नगरपालिकाबाट आठ जना गरी नौजना कोरोना सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो समयमा सङ्क्रमित थपिएपछि सप्तरीमा ३४, सर्लाहीमा ४५, धनुषामा ४२, रौतहटमा १८२, बारामा ५३ र पर्सामा ९८ जना सङ्क्रमितको सङ्ख्या पुगेको छ भने सिरहामा १४ र महोत्तरीमा २३ जना गरी सङ्क्रमितको सङ्ख्या ४९६ पुगेको हो । सोमध्ये ९८निको भएर घर फर्केका छन् ।
यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताउनुभयो ।यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने श्ययाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *