चट्याङ लागेर दुईको मृत्यु

 

रोल्पा, १६ जेठ । चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका –७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा रहेको प्रहरीले जनाएको छ ।घरमा बसिरहेका अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरूलाई रोल्पा अस्पताल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चित्रवहादुर गुरुङले जानकारी दिनुभयो । रोल्पामा यसअघि पनि हालै दुईको चट्याङ लागेर मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *