डिस्ट्रिक्ट ३२५ ए २ को कन्भेन्शन गर्ने तयारी

काठमाडौं । लायन्स क्लबको डिस्ट्रिक्ट ३२५ ए २ को कन्भेन्शन जेष्ठ १० गते गर्ने तयारी भएको छ । विश्वमा फैलिएको कोरोना भाईरसको महामारीका कारण केही समय ढीला हुन लागेता पनि आगामी जेष्ठ १० गते डिस्ट्रिक्ट ३२५ ए २ को कन्भेन्शन गर्ने तयारी गरिएको हो । मानव समाजकालागि सदैव निस्वार्थ भावनाले सेवा दिने उद्देश्यले सन् १९१७ मा स्थापना भएको लायन्स क्लब अन्र्तराष्ट्रिय जेष्ठ समाजिक संस्था हो । प्रत्येक वर्ष नेतृत्व परिवर्तन हुने लायन्स क्लब अन्र्तराष्ट्रिको डेमोक्र्रयाट पद्धति अनुसार लायन वर्ष २०२०÷०२१ को नेतृत्व चयन लागि लायन्स लिडरहरु तयारिमा जुट्नु भएको छ । प्रत्येक डिस्ट्रिक्टमा गर्भनर, प्रथम भाईस गर्भनर र द्वतिय भाईस गर्भनर गरी तीन पदका लागि निर्वाचन हुन्छ । क्रमशः कन्भेन्शनबाट प्रथम भाईस गर्भनर, गर्भनर हुने र द्वतिय भाईस गर्भनर प्रथम गर्भनरको पदमा जाने पद्धति छ तर पनि उहाँहरुका लागि एस भोट अनिवार्य गर्नु पर्ने हुन्छ । अनुभवि, सालिन, कुशल, दक्ष र योग्य लायन्स लिडरलाई द्वतिय भाईस गर्भनर पदका लागि उमेदवार चयन गर्ने कार्य सम्पूर्ण लायन्स लिडरहरुको सबैभन्दा महत्वपूर्ण जिम्मेवारी हुन आउछ ।
लायन वर्ष २०२०÷०२१ का लागि सरल, सालिन, शिक्षित, अनुभवि र कुसल नेतृत्व गर्न सक्ने क्षमतावान मेल्वीन जोन्स फेलो लायन दिनेश प्रसाद श्रेष्ठ नेपाली लायन अभियानमा एक सुपरिचित नाम हो । लायन श्रेष्ठ कुसल नेतृत्व गर्न सक्ने क्षमतावान मात्रै होईनन् सरल मिनसार व्यक्तित्वको रुपमा लायन्सहरुमा उहाको छवि स्थापित भएको छ । लायन दिनेश प्रसाद श्रेष्ठलाई २०२०÷०२१ का लागि द्वतिय भाईस गर्भनरको उमेदवारको रुपमा लायन्स लिडरहरुले चयन गर्नु नै सबै लायन लिडरहरुको लायनिजममा कार्य कुशलतालाई जनाएछ ।
लायन्स क्लब काठमाडौ डाउनटाउनका पुर्व अध्यक्ष लायन श्रेष्ठ तीन दशक भन्दा बढि समय देखि अनवरत रुपमा यस क्लब मार्फत समाजसेवामा समर्पित हुनुहुन्छ । लायन वर्ष १९९६ र १९९७ मै डिष्ट्रिक्ट ३२५, नेपालको क्याविनेट सेक्रेटरीको उच्च जिम्मेवारी सफलतापुर्वक निर्वाह गरी सक्नु भएका उहाँले लायन्स क्लब्स् अन्र्तराष्ट्रिय अन्र्तगत डिष्ट्रिक्टमा समय समयमा अन्य महत्तवपूर्ण जिम्मेवारी समेत सम्हाल्दै पुनः यस वर्ष २०१९ र २०२० मा डिष्ट्रिक्ट ३२५ए २ को क्याविनेट सेक्रेटरी भई यस कोरोना संत्रासको विषम परिस्थितिमा समेत कुशलतापुर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आईरहनु भएको छ ।
समाजसेवा भावबाट प्रेरित लायन श्रेष्ठले नेपालको पूर्व देखि पश्चिम सम्म, तराई देखि पहाड सम्म फिँजिएका लायन्स क्लबरूसंग सहकार्य गर्दै हजारौ विद्यालय भवनको निर्माण, दसौ हजार विद्यालयहरुमा पुस्तकालय तथा भवन निर्माण एवं स्थापना, हजारौ शिक्षकहरूलाई तालिम तथा छात्राहरूलाई छात्रवृत्ति र सयौं विद्यालयहरूमा कम्प्यूटर ल्याब स्थापना गर्न लिनु भएको नेतृत्व र अग्रसरता लायनिजको इतिहासमा अविस्मरणीय रहेको छ ।
’शिक्षित बालबालिहरुबाट नै विश्वमा परिवर्तन सुरु हुन्छ’ ९ध्यचमि ऋजबलनभ क्तबचतक ध्ष्तज भ्मगअबतभम ऋजष्मिचभल० भन्ने मूल मन्त्रका साथ विश्वमा, विशेषगरि विकाशोन्मुख देशहरुमा (एशिया तथा अफ्रिकाका देशहरु) साक्षरता अभिवृद्धि एवं बालिकाहरुलाई शिक्षामा आकर्षित गर्दै शिक्षामा लैङ्गिक समानता कायम गर्न अमेरिकी नागरिक शिक्षा अभियन्ता जोह्न ऊडसँगै लायन श्रेष्ठले सन् २००० मा ’रुम टू रिड’ नामक गैर नाफामूलक अन्तर्रा्ष्ट्रिय संस्था स्थापना गर्नु भयो र विगत २० वर्ष देखि विश्वका गरिब तथा विकाशोन्मुख देशहरुमा बसि निरन्तर सम्बन्धित सरकार र अन्य अन्तर्रा्ष्ट्रिय गैर सरकारि संस्थाहरुसँग सहकार्य गर्दै शिक्षा क्षेत्रको विकासमा निरन्तर कृयाशिल रहदै आउनुभएको छ । यस अन्तर्रा्ष्ट्रिय गैर नाफामुलक संस्थाका वहाँ सहसंस्थापक हुनुहुन्छ भने नेपाल, भारत, श्रीलंका र लाओस जस्ता देशहरुमा कन्ट्रिडाईरेक्टरको रुपमा सफल नेतृत्व गरी सक्नु भएको छ ।
नेपालका ग्रामिण ईलाकामा सैकडौ विद्यालय भवनको निर्माण, अनेकौ स्थानमा पुस्तकालयको स्थापना र बालबालिकाहरुका लागि शिक्षा सिकाईलाई प्रभावकारी बनाउने सन्दर्भ पुस्तकको प्रकाशन र हस्तान्तरण गर्दै आउनु भएका वहाँले धेरै देशको राष्ट्रिय पुरस्कार तथा सम्मान ग्रहण गर्न सफल हुनुभएकोछ । सम्भवतः गैर नाफामूलक अन्तर्रा्ष्ट्रिय संस्था स्थापना गरी शिक्षा विकासको सेवा कार्यमा तल्लीन रहि विश्व सामु परिचित हुने वहाँ पहिलो नेपाली हुनुहुन्छ । साथै आफ्नो ज्ञान र अनुभवलाई बाड्दै अन्तर्रा्ष्ट्रिय जगतमा ’प्रोक्यैरमेन्ट ट्रेनर’ को रुपमा ख्याति समेत कमाउनु भएकोछ र हाल उक्त संस्थाको संस्थापक तथा अन्तर्रा्ष्ट्रिय निर्देशकका रुपमा कार्यरत हुनुहुन्छ । अहिले नेपाली लायन अभियान सदस्यता वृद्धि एवं क्लब विस्तारमा उत्कर्षमा पुगेको छ । विश्व लायन समुदायले नेपालको यस वृद्धि एवं विस्तारलाई अत्यन्तै कौतुहलताका साथ हेरिरहेको छ । यो सफलता सँगै अनगिन्ती चुनौतीहरु पनि छन । सदस्यता वृद्धि र क्लब विस्तार गर्नुु जति कठिन हुन्छ त्यस भन्दा पनि कठिन यसलाई टिकाई राख्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *