ब्याडमिन्टन खेलाडी प्रिन्स सम्मानित


काठमाडौं, ६ चैत । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । काठमाडौं डल्लुमा अवस्थित कञ्चनजंघा इन्टिग्रेटेड स्कुल (किम्स) ले प्रिन्सलाई मंगलबार स्कुलको खेलकुद सप्ताहको समापनको अवरमा प्रिन्सलाई सम्मानित गरेको हो । प्रिन्स जुनियरतर्फ विश्ववरियताको सातौं स्थानमा रहेका छन् ।
स्कुलले प्रिन्सले खेलको माध्यमबाट नेपाललाई विश्वसामु चिनाएको भन्दै सम्मानपत्रसहित सम्मानित गरेको छ । प्रिन्स एक साताअघि विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले जारी गरेको जुनियर वरीयतामा सातौ स्थानमा उक्लिएका छन् । यो नेपाली ब्याडमिन्टन इतिहासकै सबैभन्दा ऐतिहासिक उपलब्धि हो । हालसम्म जुनियर वरीयतामा नेपालका कुनै पनि खेलाडीले शीर्ष १० भित्र अटाउन सकेका थिएनन् । प्रिन्ससहित ब्याडमिन्टन वल्र्ड फेडेरेसन (बिडब्लुएफ)का लाइन जज तथा नेपाल ब्याडमिन्टन एसोसिएसनका राष्ट्रिय रेफ्री उदय अर्यालले खेलकुद सप्ताहमा पदक जित्न सफल खेलाडीहरुलाई पुरस्कृत गरेका थिए ।
प्रिन्सलाई सम्मान गर्दै किम्सका प्रिन्सिपल किरण बस्नेतले प्रिन्सजस्तो क्षमता भएको खेलाडी पहिचान गरी राज्यले उचित सम्मान तथा आवश्यक प्रशिक्षण दिन सके नेपाली ब्याडमिन्टन र प्रिन्सले अझै विश्व ब्याडमिन्टनमा थप उचाई लिन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *