नेपाल र इग्ल्यान्ड ‘सी’को खेल स्थागित


काठमाडौं, ६ चैत । कोरोना भाइरसले विश्वभर पारेको असरका कारण २०७७ जेठ १२ गतेका हुने भनिएको नेपाल र इग्ल्यान्डको ‘सी’ टोलीबीच हुने मैत्रीपूर्ण खेल स्थागित भएको छ । बुधबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को सुचना नभए सम्मका लागि मैत्रीपूर्ण खेल स्थगित भएको जनाएको हो ।
पहिलो मैत्रीपूर्ण खेल इग्ल्यान्डमा हुने एन्फा र फुटबल एसोसिएसन (एफए) बीच माघमा दुई मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो ।
दोस्रो मैत्रीपूर्ण खेल सन् २०२१ मा नेपालमा हुने सम्झौतामा भएको छ । सम्झौताका लागि एफएका लरेन्स जोन्स र एन्ड्रयू स माघमा काठमाडौं आएका थिए । एन्फा र एफ ए बीच माघ ८ गते २ वटा मैत्रीपूर्ण खेलका विषयमा सम्झौता भएको थियो ।
होम एन्ड अवेमा हुने मैत्रीपूर्ण खेलको पहिलो खेल जेठ १२ गते मा इग्ल्यान्डमा हुने तय थियो । नेपाली टोली र इग्ल्यान्ड ‘सी’ बीचको खेल अल्डरसट फुटबल मैदानमा तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *