फिल्म ‘लक्का–जवान’को प्रदर्शन स्थगित


काठमाडौं, ६ चैत । कोरोना भाइरसको त्रासका कारण फिल्म ‘लक्का–जवान’को प्रदर्शन स्थगित भएको छ । यही चैत २१ मा आउने तयारीमा रहेको फिल्मको प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको निर्माता किरण केसीले जानकारी दिएका छन् । उलने कोरोनाका कारण अहिले डरै डर भएको बदाउँदै सरकारले समेत सिनेमा हलमा नजान आग्रह गरेको अवस्थामा फिल्म सर्नुको विकल्प भएन बताएका छन् । ‘लक्का–जवान’ शिवहरी पौडेलको डेब्यू निर्देशित फिल्म हो । निर्देशक पौडेलले अर्को वर्षको भदौमा फिल्म प्रदर्शन गर्ने तयारी भैरहेको बताएका छन् । ‘लक्का–जवान’ को दुई गीत गीत यूट्युबमा सार्वजनिक भैसकेका छन् । गीतले फिल्मको हाइप औसत चुल्याएको अवस्थामा कोरोना भाइरसका कारण रिलिज सार्नु पर्दा निर्मातामाथि दोहोरो खर्चको भार थपिने भएको छ । फिल्मा दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, सुशील पोखरेल, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मले पाका उमेरका मानिसहरुको कथालाई प्रस्तुत गरेको छ । ध्रुव दत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुती रहेको ‘लक्का जवान’ को कार्यकारी निर्मातामा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल रहेका छन् ।
कोरोनाको जोखिम न्यूनिकरणका लागि सरकारले भीडभाड हुने कार्यक्रम नगर्न र दर्शकको चाप रहने हलमा नजान पटक–पटक आग्रह गरेपछि अहिले हलमा दर्शकको उपस्थिति कम देखिएको छ । हलमा दर्शक पातलिन थालेपछि अहिले एकपछि अर्को नेपाली फिल्मले प्रदर्शन स्थगित गरिरहेका छन् । दर्शकको स्वास्थ्यलाई ख्याल गर्दै फागुन ३० लाई रिलिज क्यालेन्डर राजिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा प्रदर्शन हुने तरखरमा रहेको ‘नीरफूल’ ले प्रदर्शन मिति स्थगित भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *