एसईईसँगै विश्वविद्यालयका सबै परीक्षा स्थगित

काठमाडौं, ६ चैत । एसईईसँगै विश्वविद्यालयका सबै परीक्षा स्थगित भएका छन् । आजदेखि सुरु हुने भनिएको एसईई परीक्षा र चैतमा हुने विश्वविद्यालयका सबै परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको हो ।
कोरोनाभाइरसको संक्रमणको कारण परीक्षा स्थगित भएको छ । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई रोक्न आदेश दिए पछि उच्च स्तरीय समितिले रोक्ने निर्णय गरेको सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सचिवालय स्रोतले जनाएको छ । एसईई परीक्षामा देशभरका ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *