कालोबजारी गर्ने भटाभट पक्राउ पर्दै

काठमाडौं, ६ चैत । कोरोना भाइरसको संक्रमण समयमा कालोबजारी गर्ने व्यापारीहरु धमाधम प्रक्राउ पर्न थालेका छन् । माक्स र स्यानिटाइजर कालोबजारी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
यसै क्रममा बुधबार सानोभ¥याङबाट १० लाख थान मास्कसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो । महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार मूल्यभन्दा बढीमा बेच्न खोजेको सूचना आएपछि न्यौपानेलाई पक्राउ गरेको हो ।
यसैगरी, महाशाखाले मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर बरामद गरेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले इन्द्रचोकको सुरज आर्केटमा छापा हानेर स्यानिटाइजरसहित रुपेश रौनियारलाई पक्राउ गरेको थियो । उनले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेका थिए । त्यस्तै महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो । संकटको बेलामा कालोबजारी गर्नेलाई पक्राउ गर्नको लागि सरकारले फोर्स नै बनाएर बजार पठाएको छ । अहिले औषधीजन्य सामान मात्र हैन खाद्य सामाग्रीमा पनि कालोबजारी हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *