बिभिन्न घटनामा ७ जनाको मृत्यु

काठमाडौं, ३० फागुन । कञ्चनपुर र धनुषामा भएको बिभिन्न दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । कञ्चनपुरमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । म १ प ९५८५ नम्बरको मोटरसाइकल भीमदत्त नगरपालिका–२, भाँसीदेखि ब्रह्मदेव बजार जोड्ने लिंक रोडमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले दुर्घटनाको पुष्टि गर्दै भीमदत्त नगरपालिका–७ का सुरज धामी र दिनेश चन्दको ज्यान गएको जानकारी दिए ।
यसैगरी, होलीमा अत्यधिक मदिरा पिउँदा धनुषामा ५ जनाको मृत्यु भएको छ । अत्याधिक रक्सी सेवन गर्दा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर २ स्थित रमदैयामा ५ जनाएको मृत्यु भएको हो । रक्सी सेवन गरेका ५ जनाको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले बताए । अत्याधिक रक्सी सेवन गरी मृत्यु हुनेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका राजु महरा, ब्रह्मदेव यादव, गुदरी महरा, बद्री मण्डल र रामनारायण महरा रहेको ईप्रका महेन्द्रनगरका प्रहरी निरीक्षक नायकले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *