‘हाम्रो नेपाल, सुशासन अभियान’ सुरु

काठमाडौं, ३० फागुन । ‘हाम्रो नेपाल, सुशासन अभियान’ पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको संयोजकत्वमा सुरु भएको छ । बिहीबार काठमाडौंको त्रिपुरेश्वरमा एक कार्यक्रममा बीच उक्त अभियान सुरु गरिएको हो ।
अभियानका संयोजक खरेलले राज्य संयन्त्रका सबै नेतृत्वले जनतालाई धोका दिएपछि आफूहरुले सुशासन अभियानमा उत्रिनु परेको बताएका छन् । उनले संविधान र कानुनमा लेखिएका कुरा कहाँ लागू भएको छ यहाँ धनीलाई चैन र गरिबलाई ऐन बनेको बताए । देशमा पटक पटक परिवर्तन भएपनि परिवर्तनले ल्याएको उपलब्धि कार्यान्वय गर्ने व्यक्ति नपाएको पूर्व डिआईजी खरेल बताए । उनले राज्य सयन्त्रका सबै नेतृत्वले धोका दिएको आरोप लगाएका छन् । नागरिकले न्याय नपाएको भन्दै देशमा राजनीति नभएर काण्डनीति भएको पूर्व डिआईजी खरेलले आरोप लगाए । उनले सबैले जिम्मेवारी लिँदा खाएको सथप अनुसार काम गरे देशको अवस्था यस्तो नहुने बताएका छन् ।
उनले संस्थागत भ्रष्टाचार, नातावाद र भागबण्डा नभएको भए आज हामी यो अभियान लिएर आउने थिएनौँ । अब त अति भयो, त्यसैले यो अभियान लिएर आएको बताएका छन् ।
उनले बहुसंख्यक व्यक्तिलाई भ्रष्टाचार नगरे निद्रा पनि नलाग्ने दाबी गरेका छन् । भ्रष्टाचार व्यक्तिलाई चेतावनी दिँदै खरेलले अब तपाईँ सचेत हुनुहोस् । तपाईंलाई सुर्धिन हाम्रो आग्रह छ । व्यक्तिगत आशा र लोभ भएकाहरुलाई अभियानमा नजोडिन आग्रह गरेका छन् ।
यस्तै अभियानका परिकल्पनाकार तथा पूर्वसचिव देवेन्द्र सिटौलाले भ्रष्ट र अक्षमबाट देश चलेको दाबी गर्दै यसबाट पीडा बोध भएको बताएका छन् ।
उनले देशमा रोजगारी नभएको र राजनीतिक बहस मात्र हुने गरेको आरोप लगाएका छन् । उनले देश समृद्ध बन्न नेता, नीति र नियत मुख्य कुरा भएको बताएका छन् । आफूले कर्मचारी भएर सिंहदरबारको कुरा बुझेको भन्दै सिटौलाल देश मांशपेसी र रगत बिनाको अस्थिपञ्जर जस्तो बनेकोे बताए । उनले आफूहरुको उद्देश्य जनतालाई सचेत बनाउने र सरकारलाई दबाब दिने रहेको बताएका छन् ।
उक्त अभियानको ६ महिनाभित्र ७७ वटा जिल्लामा पुग्ने योजना रहेको छ । सबैको सल्लाह र सुझावपछि अभियानको स्वरुप बदल्ने रणनीति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *