हात्ती माथि हुने क्रुर र हिंसात्मक व्यवहार प्रति पेटाको आपत्ति


सौराहा, २९ फागुन । हात्ती माथि हुने क्रुर र हिंसात्मक व्यवहार प्रति पेटाले आपत्ति जनाएको छ । पेटा बाट भर्खर चितवनमा आयोजित चितवन हात्ती महोत्सवमा एउटा प्रशिक्षकले ३० मिनेट भित्र हात्तीलाई २३ पटक कुटेको नयाँ भिडियो फुटेज प्राप्त गरेपछि आपत्ति जनाएको हो । भारतको शीर्ष ट्राभल एजेन्सीहरूमध्ये एक – ‘वीना वर्ल्ड’ले – महोत्सवसँगको आफ्नो सम्बद्धता हटाउने निर्णय गरेको छ । पेटा र यसका सम्बधित कम्पनीहरूबाट महोत्सवमा हुने कूरता बारे जानकारी पाएपछि अहिलेसम्म वीना वर्ल्ड लगायत एक दर्जन भन्दा बढी कम्पनीले चितवन हात्ती महोत्सवसँगको सम्बद्धता तोडिसकेका छन् । गत वर्षदेखि रेडिसन र हायातले पनि यस महोत्सवलाई समर्थन गर्न छाडेका हुन् । पेटाका वरिष्ठ उपाध्यक्ष जेसन बेकर भन्छन, “पेटाका भिडियोहरूले बारम्बार पोलो र फुटबल खेलहरूमा भाग लिने हात्तीहरू माथि हुने क्रुर र हिंसात्मक व्यवहारको पर्दाफास गरेका छन् । यस खेललाई सरकारी समर्थन दिलाउनेहरुले पनि नैतिकताको पाठ लिन आवश्यक देख्छु । अब उनीहरूले यो लज्जास्पद हात्ती महोत्सव बन्द गर्नुपर्छ ।”यस वर्षको कार्यक्रमको भिडियो र गत वर्षको कार्यक्रमको भिडियो फुटेज दुबैमा उस्तै दुर्व्यवहार देख्न पाइन्छ । फुटेजमा हेन्डलरहरू (हात्तीका प्रशिक्षक)ले बारम्बार हात्तीलाई बुलहूक (एक छेउमा धारिलो धातुको हूक भएको हतियार), लट्ठी, र काठका चक्कुहरूले हात्तीहरुको टाउको र संवेदनशील कानमा कुटेको र हिर्काएको देखिन्छ । यसरी उनीहरूलाई दौडमा भाग लिन, सवारी दिन, र फुटबल र पोलो ‘खेल्न’ बाध्य पारिन्छ । यसपालि एउटा हात्तीलाई लगभग एक मिनेट जति लगातार कुटपिट गरिएको थियो र धेरै हात्तीहरूको टाउको र कान वरिपरि रगतले लतपतीएका गहिरा घाऊहरु थिए । चाडपर्वमा प्रदर्शन गर्न बाध्य नहुँदा यी हात्तीहरू चितवन आउने पर्यटकहरूको सवारीका रूपमा प्रयोग गरिन्छन् । “पशुपंक्षी हाम्रो मनोरन्जनका साधन होइनन” भन्ने सिद्धान्तलाई पेटाले आत्मसाथ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *