प्रन्स विश्व वरियताको ७ औँ स्थानमा


काठमाडौं, २९ फागुन । विश्व ब्याडमिन्टनको जुनियर वरियता प्रिन्स दाहाल ७ औँ स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले बुधबार जारी गरेको वरीयतामा प्रिन्सले ३ स्थान सुधार गर्दै शीर्ष ७ मा पर्न सफल भएका हुन् ।
प्रिन्स दुई साताअघि १०औं तथा अघिल्लो महिना ११औं स्थानमा रहेका थिए । जुनियर वरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमा तथा भारतका मेइरावा लुवाङ दोस्रो स्थानमा रहेका छन् । मलेसियाका कोक जिङ होङले एक स्थान सुधार गर्दा भारतका भरुण कपुर एक स्थान तल झदै चौथो स्थानमा रहेका छन् ।
डेनमार्कका म्याड्स जुवेल मोलर पाँचौ र फिनल्यान्डका जोआकिम वल्डरफ छैटौ स्थानमा रहेका छन् । जर्मनीका म्याथियसले एक स्थान सुधार गर्दै आठौं स्थानमा रहँदा इंग्ल्यान्डका इथान रोस दुई स्थान खस्कदै नवौ तथा चीनमा लिउ लियाङ पनि दुई स्थान तल झदै शीर्ष १० मा अटाएका छन् ।
प्रिन्सको यो अहिलेसम्मकै उत्कृष्ट वरियता हो । प्रिन्सले ११ प्रतियोगिता खेल्दै १०४०० अंक जोडेका छन् । विश्व जुनियर ¥याङकिङको शीर्ष ७ भित्र पर्नु नेपाली खेलाडी र नेपाली ब्याडमिन्टनको लागि नयाँ इतिहास रचिएको छ । प्रिन्सले पछिल्लो केहि वर्षयता जुनियर ब्याडमिन्टनमा उच्च प्रदर्शन गर्दै आएका छन् । प्रिन्सले यसै महिना दुई अन्तर्राष्ट्रिय जुनियर प्रतियोगिता खेल्दै प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए । प्रिन्सले डच जुनियर इन्टरनेसनल तथा जर्मन जुनियर सिरिजमा प्रि–क्वाटरफाइनल सम्मको यात्रा तय गरेका थिए ।
उनले पछिल्ला ७ खेलमा ५ जित र दुई हारको नतिजा निकालेका छन् । डच जुनियर इन्टरनेसनलमा प्रिन्सले ३ खेल खेल्दा २ मा जित र एक हार बेहोरे । जर्मन सिरिजमा ४ खेलमा प्रिन्सले ३ जित र १ हारको नतिजा निकालेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *