थ्री स्टारलाई ३–० ले हराउँदै पुलिस फाइनलमा


पोखरा, २९ फागुन । आहा रारा गोलडकप फुटबल प्रतियोगितामा रुस्लान थ्री स्टार क्लबलाई ३–० ले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार साविक विजेता थ्री स्टार पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।, पुलिसको जितमा निरकुमार राईले २ तथा भरत शाहले १ गोल गरेका छन् । पुलिसका कप्तान भरत साहले आठौं मिनेटमा रवि पासवानको क्रस पासमा अशोक खवासलाई बिट गर्दै वान टचमा गोल गर्न सफल भएका थिए । त्यसअघि खेलको चौथौ मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा सन्जोक राईको हेडर फस्ट बारबाट बाहिरिँदा थ्री स्टार अग्रता लिनबाट चुकेको थियो ।
१०औं मिनेटमा भरत साहकै अर्काे प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाएका थिए । १९औं मिनेटमा सन्जोक राईको क्रसमा आशिष राईको प्रहारलाई अन्जन राईले ब्लक गर्दै सम्भावित बराबरी टार्दा थ्री स्टार बराबरीबाट चुक्यो । ३३औं मिनेटमा मिक्छेन तामाङको कर्नरमा सुसान श्रेष्ठको हेडर पासमा सन्जोक राईको प्रहारलाई पुलिसका गोलरक्षक रोशन खड्काले मुस्किलले बचाउदा थ्री स्टार बराबरीबाट चुक्यो ।
५१औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । थ्री स्टारका कप्तान बिक्रम लामाको गल्तीमा बल अघि बढाउदै गरेको प्रहारलाई थ्री स्टारका गोलरक्षक पुर्ण चेम्जोङको हातमा लाग्दै गोलमा परिणत भएको थियो । ६३औं मिनेटमम अशोक खवासको क्रस पासमा सन्जोक राईको प्रहार गोलरक्षक रोशन खड्काले पञ्च गर्दै बचाए । ७२औं मिनेटमा नीर कुमार राईले गोल गर्दै पुलिसलाई सहज जिततर्फ डो¥याए । तेज तामाङको पासमा अनमार्क रहेका निरकुमार राईले गोल गरेन सफल भएका थिए ।
पुलिसले अब फाइनलमा मनाङ मर्स्याङ्दी र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग फाइनल खेल्नेछ । दोस्रो सेमिफाइनल आज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *