आगलागीमा परी एक जनाको मृत्यु

बाँके, २९ फागुन । बाँकेको जानकी गाउँपालिका खजुरारोडमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ । चप्पल कारखानामा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् । मृतकको हालसम्म सनाखत हुन नसकेको र शवलाई पोष्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए । उद्योगी अमरजित सिंहको सञ्चालनमा जानकी गाउँपालिका वडा नं. ३ मा रहेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार आगलागी भएको थियो । आगलागीमा परी घाइते भएका उद्योगका कार्मचारी दिलिप चमारको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ । कारखाना सञ्चालक सिंहले आगलागीबाट सात–आठ करोडको क्षति भएको दाबी गरे पनि प्रहरीले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *