देउवाले जिम्मेवारीबाट हटाइएपछि पौडेल समूह रुष्ट


काठमाडौं, २९ फागुन । सभापति शेरबहादुर देउवाले आफ्नो हितमा काम नगरेको भन्दै अजुर्न पोखरेललाई जिम्मेवारीबाट हटाइएको पौडेल समूहले आरोप लगाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको पौडेल समूहको बैठकमा सभापति देउवाले आफ्नो हितमा काम नगरेको भन्दै पोखरेललाई जिम्मेवारीबाट हटाइएको आरोप लगाएका हुन् ।
बैठकले पार्टीको विधानविपरित सभापति देउवाले केही दिनअघि पदमुक्त गरेको नेता पोखरेललाई नै पुर्नस्थापित गर्न माग गरेको छ । पोखरेलको पुनस्र्थापनाका लागि महामन्त्री डा. शशांक कोइरालाले सभापति देउवालाई लिखित पत्रसमेत पठाउने निर्णय गरेको छ । पार्टी सभापतिले नवलपरासीको कार्यवाहक सभापतिलाई हटाएर गलत गरेको आरोप लगाउँदै कार्यवाहक सभापतिलाई नै पुनस्र्थापित गर्नु पर्ने माग रेहेको केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ बताएका छन् । उनले विधानको धारा ५० को ८ अन्तर्गत पनि कार्यवाहक सभापतिको जिम्मेवारी पाएको व्यक्तिलाई हटाउन नमिल्ने भन्दै पुनस्र्थापनाका लागि महामन्त्रीले सभापतिलाई पत्र पठाउने निर्णय भएको जनाएका छन् ।
विधानको धारा ५० को ८ मा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगरपालिका कार्यसमिति, गाउँपालिका कार्यसमिति, नगरपालिका–गाउँपालिका वडा कार्यसमिति, टोल कार्यसमितिका सभापतिहरुको मृत्यु वा राजीनामाको कारणले पद रिक्त हुन गएमा सम्बन्धित समितिका उपसभापति कार्यवाहक सभापति हुने उल्लेख छ ।
यस्तै उक्त बुँदामा ‘उपसभापति नभएको अवस्थामा सम्बन्धित कार्यसमितिले कार्यवाहक सभापतिको चयन गर्नेछ । यसरी रिक्त हुन आएको सभापति पदमा ६ महिनाभित्र विधानबमोजिम निर्वाचन गरी पदपूर्ति गरिनेछ । सम्बन्धित तहको अधिवेशन तोकिएको अवस्थामा वा महाधिवेशन तोकिसकिएको अवस्थामा वा ६ महिनाभित्र महाधिवेशनको मिति तोकिएमा सभापतिका लागि अलग्गै निर्वाचन गर्नुपर्ने छैन’ भन्ने विधानमा उल्लेख गरिएको छ ।
पार्टीको विधानविपरित हटाएको आरोप लगाउँदै गर्दा संस्थापन पक्षीय एक नेताले कार्यवाहक सभापति पोखरेल महाधिवेशन प्रतिनिधि नभएका कारण उनको स्थानमा महाधिवेशन प्रतिनिधिसमेत रहेका जिल्लाका पुराना नेता पौडेललाई सभापतिमा मनोनयन गरिएको दाबी गरेका छन् ।
राज्य पुनर्संरचना अघि नवलपरासी सभापति विष्णु लामिछाने थिए । राज्य पुनर्संरचनापछि जिल्ला विभाजित भएपछि उनी बर्दघाटपूर्वका सभापति बनेका थिए भने बर्दघाट सुस्तापश्चिमको जिम्मेवारी तत्कालीन उपसभापति रहेका पोखरेललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो । लामो समयदेखि सभापति देउवा र पौडेल समुहबीच मटमुटाव हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *