बबिन स्मृति ब्याडमिन्टनमा डंगोल र शाक्यको जोडी च्याम्पियन


काठमाडौं, २८ फागुन । १०औं खुल्ला बबिन स्मृती ब्याडमिन्टन प्रतियोगितामा ससिन डंगोल र दिपेश शाक्य जोडी च्याम्पियन बनेका छन् । किङकम क्लब बानेश्वरको आयोजनामा सोमबार भएको फाइनलमा योङस्टार क्लब ललितपुरका डंगलो र शाक्य च्याम्पियन भएका हुन् ।
डंगोल र शाक्यले आयोजकका विकास चन्द्र राई र यम रानाको जोडीलाई २१–१८, ११–२१ र २१–१८ ले पराजित गर्दै उपाधि हात पारेका छन् । विजेता र उपबिजेता नगद ४० हजार र २५ हजार सहित मेडल प्रमाण पत्र र मेडल ट्रफी प्राप्त गरेका छन् । लतिलपुरका योङस्टार क्लबका सुमन शाक्य र सनिल शाक्यले तेश्रो स्थान हात पारेका छन् । शाक्यको जोडीले नगद १५ हजार प्राप्त गरे ।
भेटान्स डबल तर्फको खेलमा एभरेष्ट ब्याडमिन्टन क्लबका डि.बि. लामा र नारायण श्रेष्ठले जित हात पारेका छन् । लामा र श्रेष्ठको जोडीले नगद २० हजार सहिति मेडल र प्रमाण पत्र प्राप्त गरे ।
दोश्रो स्थानमा पेप्सी क्लबा कृष्ण राम थापा र सुरेन्द्र कटुवालाको जोडीले नगद १२ हजार र मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । तेश्रो स्थानमा वाणगंगा क्लबका देवेन्द्र दुलाल र खेम राज भट्टले नगद ८ हजार सहित मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् ।
विजेता खेलाडीहरुलाई नेपाली कग्रेंसका नेता, पूर्व उपप्रधान मन्त्री एवं संघीय संसदका सभासद् प्रकाश मान सिंह, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठ र राजेन् गुरुङलगायतले पुरस्कृत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *