दुर्घटनामा २ जनाको मृत्यु

 

सप्तरी,२८ फागुन । सप्तरीमा भएको छुट्टाछुट्टै घटनामा परी एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार सप्तरीको फतेपुरमा बा ४१ प ६८६३ नम्बरको मोटरसाइकल र प्रदेश नं १–०२–०४१ प ७७६१ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा बा ४१ प ६८६३ नम्बरका मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–६ बस्ने २६ वर्षीय चन्द्रमान श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित अस्पतालमा उपचारको लागि लगिँदै गर्दा बीच बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै सप्तरीको बोदेवरसाइन वडा नं ८ स्थित पोखरीमा दुई वर्षीय बालकको मंगलबार डुबेर मृत्यु भएको छ । मृत्यु हुने बालक अविनासकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक बाबुराम कार्कीले बताए । उनी खेल्दा खेल्दै पोखरीमा लडेर डुबेको स्थानीयवासीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *