आज राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकता घोषणा


काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तबीच आज पार्टी एकता घोषणा हुँदैछ । पार्टी एकताको पूर्वसन्ध्यामा मंगलवार बसेको केन्द्रीय कार्यसमितिको विशेष बैठकमा अध्यक्ष थापाले राप्रपा संयुक्तसँगको एकीकरणपछि पार्टी फुट्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले एकतापछि पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नलिन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । थापाले पार्टी फुट्दैन र फुट्न दिन्नौँ भन्ने मानसिकताका साथ अगाडी बढ्नुपर्ने बताए । उनले पार्टी फुट्छ की भन्ने नकारात्मक सोच र आशंका नगर्न आग्रह गरेका छन् । उनले सतर्क र सचेत रहनु पर्ने तर शुरुमै नकारात्मक सोच लिएर अगाडी नबढ्न अनुरोध गरेका छन् । अध्यक्ष थापाले पार्टी एकताले पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र, राजासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन र उदार अर्थतन्त्रको धरालतलाई सबल बनाउन थप शक्ति प्रदान हुने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष थापाले कम्युनिष्ट र कांग्रेसको वैकल्पिक शक्ति जनताले खोजिरहेको उल्लेख गर्दै राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउनु पर्नेमा जोड दिएका छन् । उनले अन्य कुनै पनि पार्टीले आफूलाई कांग्रेस, कम्युनिष्टको विकल्पका रुपमा प्रस्तुत गर्न नसक्ने दाबी गरेका छन् । अध्यक्ष थापाले कम्युनिष्ट र कांग्रेसले लिएको नीति र अवधारणाको विकल्पमा राप्रपाले मात्रै फरक विचार र मार्गचित्र दिन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *