पिआरसी स्क्वासमा विपना च्याम्पियन


काठमाडौं, २७ फागुन । पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगितामा विपना ब्लोन च्याम्पियन बनेकी छिन् । सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाध जितेकी हुन् ।
एकपक्षीय खेलमा विपनाले अस्मितामाथि ११–२, ११–५ र ११–३ को सहज जित निकालेकी थिइन् ।
उत्कृष्ट प्रदर्शन गरिरहेकी विपनाले शनिबार राष्ट्रिय च्याम्पियन कृष्णा थापालाई पराजित गरेकी थिइन् । यस्तै पुरुष एकल खुल्ला र मास्टर्स खुल्लामा सेमिफाइनलको खेल भईरहेका छन् । दुवै फाइनल खेल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *