गान्तोकलाई पराजित गर्दै थ्री स्टार सेमिफाइनलमा


पोखरा, २७ फागुन । आहा रारा गोल्डकपमा थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामामा सोमबार भएको क्वाटरफाइनलमा थ्री स्टारले भारतको गान्तोक फुटबल क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइलनमा पुगेको हो । थ्री स्टारको जितका लागि सुसान श्रेष्ठले २ तथा सन्जोक राईले १ गोल गरेका छन् ।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको आठौं मिनेटमा मिक्छेन तामाङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिँदा रुस्लान थ्री स्टार अग्रता लिनबाट चुक्यो । २१औं मिनेटमा मिक्छेन तामाङको फ्रिकिकमा कप्तान बिक्रम लामाको हेडर बाहिरिँदा थ्री स्टारले खेलमा अग्रता लिनबाट चुक्यो । लगत्तै मिक्छेन तामाको कर्नरमा अनन्तको हेडर बाहिरियो । ४३औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा ग्याङतोक सिटीले अग्रता लिने अवसर गुमायो ।
५६औं मिनेटमा सन्जोक राईको प्रहार आकासियो । ६३औं मिनेटमा आशिषकोे फ्रिकिक थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६४औं मिनेटमा डन छिरिङ लेप्चाको फ्रिकिकमा छिरिङ लेन्डुप भुटियाको हेडर पोस्टबाट थोरै बाहिरिदा ग्याङतोकले अग्रता लिने अवसर गुमायो ।

७०औं मपनेटमा अनन्त तामाङको क्रस पासमा सन्जोक राईले पेनाल्टी बक्समा ओभरहेड किक प्रयास गरेपनि सफल हुन सकेन । उनको प्रहारलाई निम्डुप लेप्चाले नियन्त्रणमा लिए । ७९औं मिनेटमा सन्जोक राईले गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाए । निशान खड्काको पासमा मैदानको मध्यभागबाट बल अघि बढाउदै सन्जोकले एकल प्रयासमा गोलरक्षक निम्डुप लेप्चालाई जिल्याउदै गोल गर्न सफल भए ।
८५औं मिनेटमा छिरिङ लेन्डुप भुटियाले सिधै पोस्टमा गरेको लामो प्रहारलाई थ्रीस्टारका गोलरक्षक पुर्ण चेम्जोङले मुस्किलले बचाउदै बराबरी टारे ।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सुशान श्रेष्ठले गोल गर्दै थ्रीस्टारको जित पक्का गरे । लगत्तै सुशानले व्यक्तिगत दोस्रो गोल गर्दै थ्रीस्टारको ३–० को जित पक्का गरे ।
थ्री स्टारले अब फाइनल प्रवेशका निम्ति सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ । पुलिसले आयोजक सहारालाई टाइब्रेकरमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो । प्रतियोगिता अन्तर्गत मंगलबार त्रिभुवन आर्मी क्लब र संकटाबीच अन्तिम क्वाटरफाइनल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *