४७ जना काँग्रेस र राप्रपाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश


पोखरा, २७ फागुन । नेपाली काँग्रेस र राप्रपा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका ४७ जना नेता तथा कार्यकर्ता पार्टी परित्याग गरी सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । नेकपा पोखरा महानगरपालिका–२४ ले सोमबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, अध्यक्ष हितराज पाण्डे, प्रदेश कमिटी सचिव गोविन्द नेपाली, पोखरा महानगर प्रमुख मानबहादुर जिसीलगायतले माला र अबीर लगाएर पार्टी प्रवेश गराएका थिए ।
सोही कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले मुलुकको समृद्धि र विकासका लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री गुरुङले नेकपा नेतृत्वको तीन तहका सरकारले जनताका चाहनालाई सम्बोधन गर्ने गरी अघि बढेकाले समृद्धिको अभियानलाई सबै मिलेर साकार पार्नुपर्नेमा जोड दिएका छन् । मुख्यमन्त्री गुरुङले कम्युनिष्ट पार्टी देशकै सबैभन्दा बढी लोकतान्त्रिक पार्टी भएको बताउँदै काँग्रेसलगायतका अन्य राजनीतिक पार्टीले समेत कम्युनिष्ट पार्टीको सिको गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले छिमेकी राष्ट्रसँगको सम्बन्ध सन्तुलित परराष्ट्र नीतिका आधारमा अघि बढाएको उल्लेख गर्दै मानवअधिकार, आवधिक निर्वाचन र देशभक्तिको विकासमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । मुख्यमन्त्री गुरुङले आगामी २५ वर्षभित्रमा प्रदेशको प्रतिव्यक्ति आम्दानी १५ हजार डलर पु¥याउने लक्ष्य अनुसार उत्पादन वृद्धि, रोजगारी सिर्जना र प्रकृतिक सम्पदाको अधिकतम उपयोगको नीति प्रदेश सरकारले लिएको स्पष्ट पारेका छन् ।
नेकपा गण्डकी प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री हितराज पाण्डेले आवश्यकता, योग्यता र क्षमताका आधारमा कार्यकर्तालाई उचित जिम्मेवारी दिइने बताउँदै पार्टीलाई एकताबद्ध बनाउँदै सरकारले गरेको विकास निर्माणका कामको जनता समक्ष पु¥याउन निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *