फिल्म ‘आमा’ खाडी मुलुकमा पनि प्रदर्शन हुने


काठमाडौं, २१ फागुन । फिल्म ‘आमा’ खाडी मुलुकमा पनि पदर्शन हुने भएको छ । खाडी मुलुक दुबई, ओमान, कतार, बहराइन र कुवेतमा अप्रिल २ बाट प्रदर्शन हुने भएको हो ।
दुवई, ओमान, कतार, बहराइन र कुवेतमा रहेका नेपालीले चलचित्र हेर्न पाउने निर्देशक दीपेन्द्र के. खनालका बताएका छन् । मिडल इस्टमा यति धेरै माग भएको यो पहिलो चलचित्र भएका वितरकहरुले बताएका छन् । मध्यपूर्वका लागि १२ लाखमा दीपेन्द्रले चलचित्र बिक्रि गरेका छन् ।
‘आमा’ अमेरिका र अष्ट्रेलियामा प्रदर्शन भइरहेको छ । नेपाली रहेका अन्य देशबाट पनि चलचित्रको माग भइरहेको निर्देशक खनाले बताएका छन् ।
दीपेन्द्रको लेखन, छायांकन तथा निर्देशन रहेको चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, मनिष निरौला मुख्य भूमिकामा छन् । हस्पिटल ड्रामा ‘आमा’ लाई सर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *