फिल्म ‘डेसान’ को छाँयाकन आजबाट सुरु


काठमाडौं, २१ फागुन । फिल्म ‘डेसान’को छाँयाकन आजबाट सुरु हुने भएको छ । म्यूजिक भिडियो निर्देशक कमल एकचै मगरको निर्देशनमा बन्न लागेको फिल्म ‘डेसान’को छाँयाकन आजबाट सुरु हुने भएको हो ।
फिल्मबाट निशान चौहानले नायकको रुपमा डेब्यू गर्दैछन् । ‘म्यानहन्ट नेपाल २०१६’ का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ का विजेता समेत रहेका चौहानको हिरो बन्ने सपना ‘डेसान’ बाट पूरा हुने भएको छ ।
फिल्ममा चोहानसँगै नम्रता सापकोटा, पुनम थापा, भोलाराज सापकोटा, कविता आले, नुरुङ राई, आरुष जंग सारुलगायतका कलाकारहरुको अभिनय रहनेछ । सामाजिक विषयवस्तुमा निर्माण हुने फिल्मलाई चक्र महर्जनले खिच्ने भएका छन् । ‘डेसान’ बाट नायकको परिचय थप्न लागेका चौहानले फिल्मको कथावस्तु र आफ्नो भूमिका राम्रो लागेका कारण काम गर्न राजी भएको बताएका छन् ।
फिल्मलाई लिएर उत्साहित रहेको बताउँदै उनले फिल्ममा आफ्नो भूमिका एकदमै भिन्न भएको बताए । वास्तवमा आफू जस्तो छु त्यसको ठीक उल्टो फिल्ममा आफ्नो भूमिका रहेकोले फिल्ममा काम गर्न राजी भएको बताएका छन् । आफूले पाएको भूमिकालाई इमानदारपूर्वक निर्वाहा गर्न कोशिश गर्ने चौहानले बताए । स्क्रिप्ट र टिम दुवै राम्रो भएका कारण फिल्म पनि राम्रो बन्ने चौहानको विश्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *