रात्रि बसबाट ६ किलो सुनसहित १ जना पक्राउ

 

हेटौँडा, २१ फागुन । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसबाट प्रहरीले ६ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबारे प्रहरीले ६ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । सुन कूल ६ किलो २८९ ग्राम ३५० मिलीग्राम रहेको जनाइएको छ । बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पाट्र्सभित्र जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका पक्राउ गरिएको हो । बरामद गरिएको सुनको आजको मूल्य करिब रु चार करोड २७ लाख, ५८ हजार ७७४ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *