सिद्धबाबा आँफै जेल गए

काठमाडौं, २१ फागुन । बलात्कार गरेको आरोप लागेका कृष्णबहादुर गिरी (सिद्धबाबा)ले आत्मसर्पण गर्दै जेल गएका छन् । उच्च अदालत विराटनगरले उनलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो । सोही आदेश अनुसार उनी मंगलबार सुनसरीको झुम्का कारागार चलान भएका हुन् ।
उच्च अदालत विराटनगरको आदेशपछि फरार भएका गिरी जिल्ला सुनसरी अदालतमा हाजिर भएका थिए । एक अनुयायी महिला बलात्कार गरेको आरोप लागेका उनलाई विराटनगर उच्च अदालतले गत माघ दोस्रो साता पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
गिरीविरुद्धको मुद्दाको पेसी उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासमा चलिरहेका बेला सिद्धबाबा सुरक्षा संयन्त्रलाई झुक्याएर भारत पसेका थिए ।
सिद्धबाबाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीले हबल्दार मुकेश साहसहितको टोलीलाई खटाएको भएपनि सीमावर्ती क्षेत्र रानीबाट भारतीय बजार जोगवनी पुगेका गिरीले सुरक्षाकर्मीलाई फिर्ता पठाएर भारत पसेका थिए । जिल्ला अदालत सुनसरीले गिरीलाई तीन लाख धरौटीमा छोड्न आदेश दिएपनि उच्च अदालतले उक्त आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *