राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि सकियो


काठमाडौं, २१ फागुन । राष्ट्रियसभाका १९ जना सदस्यको पदावधि सकिएको छ । दुई वर्षे कार्यकाल पूरा गरेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, प्रतिपक्षी समाजवादी पार्टी, राजपाका गरी १९ जना सांसदको पदावधि मंगलबारदेखि सकिएको हो ।
राष्ट्रिय सभाका लागि १८ जना नयाँ सांसद निर्वाचनबाट आइसकेका छन् । एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ । निर्वाचित भएर आएकालाई बुधबार (आज) सपथ ग्रहण कार्यक्रम छ ।
यसैगरी, राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गर्ने १९ जना मध्ये अर्थमन्त्री डा. युवराज खतिवडाको पनि पदावधि सकिएसँगै मन्त्री पदबाट राजीनामा दिएका छन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ । आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् । राजीनामा पछिपनि खतिवडालाई अरु ६ महिना अर्थमन्त्रीको जिम्मेवारी दिने नेकपाको तयारी छ । सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार राजीनामा लगत्तै प्रधानमन्त्री केपी ओलीले खतिवडालाई मन्त्रीमा पुनर्नियुक्त गर्नसक्ने कानुनी व्यवस्था रहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *