फिल्म ‘बेन्जो’ मा अभिनेत्री अदिती अनुबन्ध


काठमाडौं,२० फागुन । फिल्ममा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी पनि अनुबन्ध भइसकेकी छिन् । फिल्म ‘बेन्जो’ बाट नितेशजंग कुँवर अभिनेतामा डेब्यू गर्ने भएका छन् । ‘कृ’ को निर्देशक सुरेन्द्र पौडेल निर्माण गर्न लागेको नयाँ फिल्म ‘बेन्जो’बाट नितेश अभिनेताका रुपमा अनुबन्ध भएसकेका छन् । फिल्ममा ‘कृ’ फेम्ड अभिनेत्री अदिती बुढाथोकी पनि अनुबन्ध भइसकेकी छिन् ।
चैत पहिलो हप्ताबाट छायांकन सुरु हुने बताइएको फिल्मको यही बिहीवार औपचारिक निर्माण घोषणा हुने भएको छ । फिल्मको नाम ‘बेन्जो’ राखिए पनि निर्देशक पौडेलले फिल्मको नाम र कास्टलाई लिएर कुनै जानकारी दिएका छैनन् ।
अदिती फिल्मको घोषणा कार्यक्रममा सहभागी हुन् र छायांकनका लागि मुम्बईबाट नेपाल आइसकेकी छिन् । उनी लामो समयदेखि भारतमा बसेर बलिउड प्रवेशका लागि संघर्ष गरिरहेकी छन् । अहिले अदिती र नितेश फिल्मको वर्कसपमा व्यस्त रहेका छन् । फिल्मको घोषणा लगत्तै गायक नितेश कन्सर्टका लागि अष्ट्रेलिया उड्दैछन् । उनी अष्ट्रेलियाबाट फर्किएपछि फिल्मको छायांकन सुरु हुने बताइएको छ ।
फिल्म ‘बेन्जो’ मा अभिनेत्री अदिती बुढाथोकी टाइटल क्यारेक्टरमा हुने स्रोत बताएको छ । लभस्टोरी जनरामा निर्माण हुने यो फिल्मबाट उनले दुई वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेकी हुन् । इन्टस्टाग्राममा आफ्नो हट एण्ड बोल्ड तस्विर साझेदार गरेर बेला बखतमा चर्चा आउने उनको गायक नितेशसँग केमेस्ट्री कस्तो देखिएला ? धेरैका लागि कौतुहलताको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *