काठमाडौं क्रिकेटलाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालय विजयी


काठमाडौं,२० फागुन । हिमालय क्रिकेट लिग दुई दिवसिय यू १९ क्रिकेट प्रतियोगितमा काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटीसी) लाई १ विकेटले पराजित गर्दै ग्रेट हिमालयक्रिकेट एकेडेमी विजयी भएको छ । विजयीसँगै ग्रेट हिमालयले उपाधी हात पारकोे हो ।
जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पक्ष्याएको ग्रेट हिमालयले ५६.६ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । जिएचसिएलाई उपाधि दिलाउन प्रशान्त सिंहले ३० बलमा २ चौका सहित १६ रनमा अविजित योगदान दिए ।
ग्रेट हिमालयका आयुष बस्नेत २४, अभिषेक बस्नेत १९, संगित बुढाथोकी १६ र राशिद खान १८ रनमा आउट भए । केसीटीसीका स्पिनर तिलक भण्डारीले २५.५ ओभरमा ४७ रन खर्चेर ६ विकेट लिए । सुर्य तामाङ २ र बिविन आचार्यले १ विकेट लिए ।
माथिल्लो मुलपानी क्रिकेट मैदानमा जारी फाइनलमा टस हारेर ब्याटिङ थालेको केसीटीसी २४.३ ओभरमा ८० रनमा समेटियो । लखाह १४, बिवेक राना मगर १८, निर्भीक पाठक १३ र सुर्य तामाङले ११ रन बनाए । ग्रेट हिमालयका अरियो पौडेलले ३, मोहम्मद हुसेन, बिवेक यादव र सोनु देवकोटाले २–२ विकेट लिए । राशिद खानको नाममा १ विकेट लिएका थिए ।
ग्रेट हिमालय पहिलो इनिङमा २९.४ ओभरमा ६२ रनमा अल आउट भयो । आयुषमान बम १३ र सोनु देवकोटाले १४ रनको योगदान दिए । सुर्य तामाङले १४.४ ओभरमा ४ मेडन राख्दै ३४ रन खर्चेर ७ विकेट लिए पनि उपाधिको लागि पर्याप्त रहेन। । केसीटीसी दोस्रो इनिङमा ९६ रनमा समेटियो । विपिन आचार्य १७, सचिन लखाह १०, राहुल भण्डारी २७ र नर्भीक पाठकले १० रनको योगदान दिए । ग्रेट हिमालयका राशिद खानले ५ र अरियो पौडेलले ४ विकेट लिए
विजेता ग्रटे हिमालयले १ लाख ५० हजार र उप विजेता केसीटीसीले ७५ हजार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *