नो अब्जेक्सन लेटर बन्द

काठमाडौं, २० फागुन । विदेश जाने विद्यार्थीलाई प्रदान गरिँदै आएको ‘नो अब्जेक्स लेटेर’ तत्कालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको विश्वव्यापी रुपमै बढिरहेको प्रकोपबाट बच्न सरकारले आत्यावश्यक अवस्थामा बाहेक सामान्य कामका लागि विदेश भ्रमणमा नजान अनुरोध गर्दै ‘नो अब्जेक्स लेटेर’ बन्द गरेको हो ।
नो अब्जेक्सन लेटर नभएपछि वैदेशिक अध्ययनका लागि भिसा लागिसकेका विद्यार्थीले समेत अब विदेश उड्न पाउने छैनन् ।
सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्ययन तथा घुमफिरका लागि विदेश नजान सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
त्यसैगरी, सरकारले पहिलो पटक गर्न लागेको सगरमाथा संवाद कोभिड–१९ का कारण स्थगित गरेको छ । चैत २० देखि २२ गतेसम्म हुने भनिएको संवाद तत्कालका लागि स्थगित गरिएको मन्त्री ज्ञवालीले जानकारी दिएका छन् । उनले कोरोनाभाइरसको महामारीबाट सामान्य अवस्थामा आए आगामी नोभेम्बरअघि नै सगरमाथा संवाद गर्ने सरकारी योजना रहेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले अब केही समय नेपालमा अन्तर्राष्ट्रिय सभा सम्मेलन आयोजना नगर्ने र पूर्वनिधारित कार्यक्रम पनि स्थगित गर्ने निर्णय भएको बताएका छन् । उनले नेपालमा रहेका अन्य गैरसरकारी संस्था र निजी क्षेत्रलाई पनि त्यस्ता कार्यक्रम नगर्न अनुरोध गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *