नेपाल कोरोना भाइरसको उच्च जोखिममा


काठमाडौँ, २० फागुन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको जनाएको छ । डब्लुएचओको रिपोर्टलाई आधार मानेर
प्रतिनिधिसभाको सोमबार बसेबो बैठकमा सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट नेपालीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बौल्दै अञ्जना विशुन्खे, अतहरकमाल मुसलमान, एकवल मियाँ, कलिला खातुन, तुलसा थापा, कृष्णभक्त पोख्ररेल, खगराज अधिकारी, गङ्गा चौधरी, छक्कबहादुर लामा, जिपछिरिङ लामा, जीवनराम श्रेष्ठ र जुलीकुमारी महतोले कोरोना भाइरसबाट बच्नका लागि उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
मित्रराष्ट्र चीनबाट फैलिएको कोरोना भाइरस विश्वका ६४ मुलुकमा फैलिसकेको, तीन हजार मानिसको ज्यान गइसकेको तथा झण्डै ८६ हजार मानिसमा सङ्क्रमण देखिएको छ ।
त्यसैगरी, बैठकमा समाजवादी पार्टीका सांसद सरिता गिरीले सभामुखसँग समय मागेर बोल्दै मन्त्रिपरिषद्ले हालै गरेको पेट्रोलियम पदार्थमा कर वृद्धि गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेकी छिन् ।
सांसद गिरीले करको दायरा परिमार्जन गर्ने अधिकार संसारभर नै सार्वभौम संसद्लाई मात्र भए पनि नेपालमा भने मन्त्रिपरिषद्मार्फत करको दायरामा वृद्धि गर्दा जनता मारमा परेको भन्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएकी छिन् । संसद्लाई सरकारले छलेको छ । करको दायरा बढाउने अधिकार सार्वभौम संसद्लाई हुने संसारमा अभ्यास भएपनि सरकारले कर बढाएकोमा आपित जनाएकी छिन् ।
सांसद गिरीले सरकारको कर प्रणालीका कारण जनतालाई सास्ती भएको बताएकी छिन् । जनतालाई ८५ प्रतिशत करको भार परेको छ, यो संसारमा कहीँ पनि छैन, दोहोरो कर प्रणालीको अन्त्य गर्न माग गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *