विभाग गठनमा आचारसंहिता उल्लंघन नगरेको दाबी

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसको विभाग गठनमा आचारसंहिता उल्लंघन भएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गरेका छन् । सोमवार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा शर्माले सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठनमा आचारसंहिता उल्लंघन नगरेको दाबी गरेका हुन् ।
पार्टीको विधानले नै विभाग गठनलाई नरोकेको दाबी गरेका छन् । सभापति देउवाले शनिवारमात्र १३ विभागमा प्रमुख तोकेका थिए भने सोमबार ७ विभागका प्रमुख तोकेका छन् । यसैगरी शानिवार नै देउवाले पाँच आमन्त्रित केन्द्रीय सदस्य तोकेका थिए । उक्त कदमविरुद्ध देउवा इतरका नेताहरुले आपत्ति जनाउँदै आएका छन् । शनिवारै वीरगंज पुगेर वरिष्ठ नेता रामचन्द्र पौडेलले चौंधौ महाधिवेशनको मिति तोकिसकेको अवस्थामा विभाग प्रमुख तोक्नु र आमन्त्रित केन्द्रीय सदस्य तोक्नु आचारसंहिता विपरित भएको आरोप लगाएका थिए । आचारसंहिता विपरित कांग्रेस किन चलिरहेको छ ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले मैले पनि सोध्न चाहिरहेको विषय हो । आचारसंहितामा कहाँ छ यस्तो गर्नुहुदैन भन्ने । पार्टीले महाधिवेशनमा जाँदै गर्दा विभाग गठन गर्न नपाइने विधानमा नभउको बताए । प्रवक्ता शर्माले यो महाधिवेशन तयारीकै क्रममा हुनुपर्ने काम भएको जिकिर गर्दै उनले विधानको धारा ७२ को उपधारा ४ मा अन्तरिम संरचना तयार गर्नुपर्ने भन्ने विषय रहेको बताए । उनले महाधिवेशनकै तयारीको लागि विभाग गठन गरेको बताएका छन् । विभाग गठन विधान विपरित नभएको जिकिर गरेका छन् ।
यसैगरी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पछिल्लो समय फैलिएको कोरोना भाइरस (कोभिड १९)बारे सरकारलाई १४ बुँदे विज्ञप्ति जारी गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड १९) विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको बेला नेपालले सम्पूर्ण सतर्कता राख्नुपर्ने टड्कारो अनिवार्यता छ । यसलाई नेपालमा प्रवेश र विस्तार हुन नदिन समस्त नेपालीको ऐक्यवद्ध दृढताका लागि नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।’
त्यस्तै, कांग्रेसले समुदायलाई पनि सतर्कता अपनाउन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘दशा बाजा बजाएर आउन्न भन्ने एक पूरानो कहावत छ । तर प्राणघातक भाइरस कोरोनाले विश्वव्यापी रुपमै महामारीको डँका बजाइरहेको बेला नेपाल देशले सतर्कताको पर्याप्त पूर्व तयारी गर्न सकेन र जोखिमसँग जुध्न चुस्त बन्दोबस्त गरिएन भने त्यसले ठूलो मानवीय क्षति निम्त्याउने खतरा छ । यस्तो गम्भीर विश्व परिस्थितिका बेला सम्पूर्ण सतर्कताका लागि नेपाली कांग्रेस नेपाल सरकार र सम्बन्धित निकायहरू एवं सबै राजनैतिक दल, संघसंस्था, सञ्चार माध्यम तथा स्वदेश र विदेशमा रहेका समस्त नेपालीमा हार्दिक अपील गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *